१सय ८० वोतल अवैध चिनियाँ मदिरा नियन्त्रणमा
हुम्ला ,भदौ २५-----
हुम्लाको उत्तरी सिमाना तिव्वतवाट ल्याइएको अवैध चिनियाँ मदिरा प्रहरीले ठुलो परिणममा नियन्त्रण गरि नष्ट गरेको छ । सिमाना हिल्सावाट लुकीछिपी सदरमुकाम सिमकोटको लाग्ना हुमाने खोलामा वेवारिस अवस्थामा राखेको मदिरा प्रहरीले फेलापारि आज प्रहरी कार्यलय परिसरमा खाल्डोमा खन्याइ नष्ट गरिएको छ । प्रहरीको नियन्त्रणमा पर्ने अवस्थामा व्यापारि भागेकोले वेवारिस अवस्थाम एकसय ८० वोतल अवैध चिनियाँ मदिरा आज वजार अनुगमनको समयमा फेला परेको प्रहरी प्रमुख डाकटर मेख वहादुर खत्रीले वताउनु भयो । तिव्वतवाट यो महिनामा मात्र प्रहरीको चेक जाँच छलेर हुम्लामा करौडौं मुल्य वरावरको मदिरा वरामत गरि नष्ट पारिएको प्रहरीले जनाएको छ । विगत एक वर्षदेखि अवैध चिनियाा मदिरालाइ सर्वदलिए वैठकले निषेध गरिएपनि अवैधरुपमा व्यापारिले लुकाइ ल्याउने गर्ने गरेका छन् । सिमानामा भनसार कार्यलय नहुदा हुम्लामा यो मदिरा अत्याधिक भित्रिने गरेको छ ।
0 comments
बिचार लेख्नुहोस्..