तातिदै चुनावी वातावरण
मुगु न्युज डट कम,
भदौ १७ मुगु-
आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधान सभाको दोस्रो निर्वाचनका लागि जिल्लामा बातावरण तातिदै गएको छ ।
अहिलेसम्म जिल्लाका दुईवटा राजनितिक दलहरुले आगामी निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको छनौट गरि सिफरिस गरिसकेका छन ।
नेकपा एमाले मुगुको भदौ १६ र १७ गते बसेको तेस्रो विसतारित बैठकले तिन जना प्रत्यक्ष तर्फ र पाँच जना समानुपातिक निर्वाचनका लागि उम्मेदवारको सिफरिस गरेको छ । प्रत्यक्ष तर्फ एमाले मुगु जिल्लाका अध्यक्ष मोहन बाँनिया, निवर्तमान अध्यक्ष गोपाल बम र जिल्ला कमिटी सदस्य कर्ण शीला मल्लको नाम सिफरिस गरेको छ । त्यस्तै समानुपातिक तर्फ कर्णाली अञ्चल समन्वय समितिका संयोजक चन्द्र बहादुर शाही, महिला तर्फ शिक्षिका राधीका मल्ल, दलित तर्फ बलराम साहनी, जनजाती तर्फ सोनाम छिरिङ लामा र अन्यबाट कृपाराम सावतको नाम सिफरिस गरिएको नेकपा एमाले मुगुले जनाएको छ ।
सोमवार पत्रकार सम्मेलन गरि एमालेले आप्नो दलबाट सिफरिस गरिएका उम्मेदवारको नाम सार्वजनिक गरेको हो । जिल्लाबाट सिफरिस गरिएका प्रत्यक्ष तर्फका उम्मेदवारहरु अब छिट्टै राजधानी तर्फ हिड्ने देखिएको छ । उनिहरुले आफ्नो नाममा टिकट ल्याउन केन्द्रीय तहमा लवि गर्न नभई अञ्चल स्तरिय निर्णय, पोलिट ब्युरोको निर्णय र केन्द्रीय निर्णयका लागि जान खोजेको दावी गरे । उनिहरुले प्रजातान्त्रिक पद्धती अनुसार ८ जनाको नाम सिफरिस गरेको बताएका छन ।
उता नेपाली काँग्रेसले आफनो दलका तर्फबाट उम्मेदवार छनौटका लागि सोमबार देखि सम्पुर्ण भातृ संगठन , गाउ कार्य समितिका सभापति लगायतका शुभेच्छुकसंग सुझाव संकलन कार्य सुरु गरेको छ । २०६४ सालको संविधान सभाको निर्वाचनमा टिकटमा विवाद हुँदा काँग्रेसले पराजय भोग्नु परेको भन्दै यस पटक प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा सर्व सम्मत तवरले दुई जनाको नाम मात्र सिफारिस गर्नु पर्ने सहभागिले सुझाव दिएको काँगे्रसले जनाएको छ । स्रोतका अनुसार सुझाव दिने क्रममा अधिकाँश सहभागिले उम्मेदवारका लागि दावेदार देखिएका पाटी सभापति ऐन बहादुर शाही, पुर्व सभापति हस्त बहादुर मल्ल, महाधिवेशन प्रतिनिधी खडक बहादुर शाही र छिरिङ क्याप्ने लामालाई आपसी सहमति गरि दवै जना मात्र आउन दवाव दिईरहेका छन ।
उम्मेदवारको छनौठ कार्य भदौ १८ गते बस्ने काँग्रेस को जिल्ला कार्य समितिको बैठकले निर्णय गर्ने बताईएको छ ।
एकिकृत नेकपा माओवादीले यस अघि नै आफना उम्मेदवारको नाम सिफरिस गरिसकेको छ । प्रतयक्ष तर्फ सुकविर बुढा, अज बहादुर शाही र लालबहादुर रावतको नाम सिफरिस गरेको छ भने समानुपातिक तर्फ राष्टिय बाणिज्य बैक मुगुमा कार्यारत शिवलक्ष्मी थापालाई सिफरिस गरिएको स्रोतले जानकारी दिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..