जिल्लामा थपिने नयाँ दलको संख्या पाँच पुग्यो


मुगु न्युज डट कम,
भदौ २६ मुगु---------------
दोस्रो संविधान सभाको निर्वाचनलाई लक्ष्यीत गर्दै जिल्लामा नयाँ नयाँ राजतिक दल देखा पर्न थालेका छन ।
पछिल्लो समयमा मुगुमा सदभावना पाटी , राष्टिय अखण्ड पाटी, यर्थातवादी पाटी, जनजागरण पाटी, खस समावेशी राष्टिय पाटी नयाँ देखिएका छन । यो भन्दा अगाडी जिल्लामा काँग्रस,एमाले , एमाओवादी, नेकपा माओवादी, राप्रपा, राष्टिय जनमोर्चा, नेमकिपा , नेकपा माले, मधेशी जनअधिकार फोरम, राप्रपा नेपाल , जनमुक्ति, सप्रजपा लगायतका दलहरु क्रियाशील देखिन्थे ।
 जिल्लामा राजनीतिक दलका नेता हुँदा वितिकै हरेक क्षेत्रमा बहस गर्न पाईने , नुन र चामलको भाग पाईने, विकास निर्माणका क्षेत्रमा आफना नजिककालाई उपभोक्ता समिति र योजना हात लगाउन सकिने जस्ता गलत प्रवृत्तिले गर्दा एक जना भए पनि नयाँ राजनितिक दलको स्थापना गर्ने क्रम बढेको कतिपयको तर्क छ  । जिल्लामा हुने हरेक गतिविधीमा राजनितिक सहमति गर्नु पर्ने अवस्था सिर्जना हुँदा यस्तो अवस्था आएको सर्व साधारणको बुझाई छ ।
तर नयाँ देखिएका दलहरुले पहिलेका दलहरुले जनताका कुनै काम गर्न नसकेका, आफनो दल निकटका हकमा मात्रै काम गरेका , पिडीत जनता र कार्यकर्ताको मर्म नबुझेकाले आफुहरु नयाँ पाटी खोल्न बाध्य भएको दावी गरिरहेका छन ।
जिल्लामा यो भन्दा अगाडी १२ वटा राजनितिक दलहरु रहेकामा अहिले १६ वटा दल पुगेका छन । पछिल्लो समयमा राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पाटी , राष्टिय अखण्ड पाटी, यर्थातवादी पाटी, जनजागरण पाटी, खस समावेशी राष्टिय पाटी देखिएका छन । धेरै नयाँ पाटी देखिए पनि जिल्लामा पहुँचमा देखिने काँग्रेस , एमाले र एमाओवादीलाई अखण्ड पाटीले केहि क्षति गराउन सक्ने दलहरुको निष्कर्ष छ । जिल्लामा अहिले देखिने नयाँ राजनितिक दलहरुले संविधान सभाको निर्वाचनमा कुनै असर नपारे पनि दलिय सहमतिमा गर्नु पर्ने जिल्ला भित्रका अन्य गतिविधिमा बखेडा झिक्न सक्ने नेकपा एमाले मुगुका सचिव जित बहादुर मल्लले बताए । उनले भने, केहि असर पार्न नसक्ने भन्दा पनि एउटा घरको सदस्य छुटिएर जाँदा समान्य रुपमा क्षति हुन सक्छ तर आकास नै खस्ला भन्ने हुँदैन ।
 पाटी प्रति प्रतिबद्ध नभएका तथा पद नपाएको झोकमा नयाँ पाटी खोल्नेहरुले कुनै असर पार्न नसक्ने नेपाली काँग्रेस मुगुका सह सचिव खगेन्द्र बहादुर मल्लले बताए । उनले भने नयाँ पाटी खोल्नेहरुका परिवार बाहेक उनिहरुसंग अरु कोहि नहुने दावी गरे । यसो त नयाँ देखिएका राजनीतिक दलहरु भन्दा अखण्ड पाटीले काँग्रेस एमालेलाई असर गर्ने यि दलहरु भित्रकै कार्यकर्ताहरुको विश्लेषण छ  । अखण्डबाट प्रत्यक्ष तर्फ संविधान सभाका उम्मेदवार बनेका दर्ज बहादुर भाम नेकपा एमालेबाट जिल्ला विकास समिति मुगुका उप सभापति भईसकेका व्यक्ति हुन भने समानुपातिकका उम्मेदवार देविकृष्ण रावल लामो समय काँग्रेसमा रहेका व्यक्ति हुन । रावलले हस्त बहादुर मल्ल शिक्षा सहायक मन्त्रि हुँदा जापान घुम्ने अवसर पनि पाएका थिए भने काँग्रेसकै पहलमा शिक्षा सेवा पदक समेत पाएका थिए । खस समावेसी पाटीका अध्यक्ष भक्त बहादुर शाही काँग्रेसका फोतु गाउँ कार्य समितिका पुर्व सभापति समेत बनेका थिए ।

0 comments

बिचार लेख्नुहोस्..