विभन्न कार्यक्रम आयोजना गरि राष्टिय शिक्षा दिवश मनाईयो
मुगु न्युज डट कम
भदौ २३
अन्तराष्टिय साक्षारता दिवश तथा राष्टिय शिक्षा दिवशका अवसरमा आईतवार विभिन्न कार्यक्रम आयोजना गरि दिवश मनाईएको छ ।
जिल्ला शिक्षा कार्यालय मुगुको आयोजनामा मनाईएको दिवशका अवसरमा जिल्लाका राजनितिक दलहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाज , सञ्चारकर्मि तथा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता भएको थियो ।
कार्यक्रममा दिवशका अवसरमा शनिवार सञ्चालन भएको मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता र निमावि स्तरिय चित्रकला प्रतियोगिताका सहभागिहरुलाई पुरष्कार तथा प्रमाण पदक प्रदान गरिएको थियो ।
शिक्षा सेवामा लामो समय देखि योगदान दिए बापत राष्टिय शिक्षा सेवा पुरस्कार २०६९ को शिक्षा सेवा पदक महाकाली नमुना उच्च माविका शिक्षक लोकेन्द्र बहादुर मल्ललाई प्रदान गरिएको छ । तर २०७० सालमा को कसले सेवा पदक पाए भन्ने जिल्लामा जानकारी भएको छैन ।
कार्यक्रममा सहभागि विद्यालयहरुले विभिन्न किसिमका साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । दिवशका लागि असल छिमेकि नेपाल, आईएन एफ मुगु, युएमएन मुगु , किर्डाक नेपाल मुगु लगायतका गैर सरकारी संस्थाहरुले विभिन्न सहयोग गरेका थिए ।
0 comments
बिचार लेख्नुहोस्..