वार्षिक प्रगति समिक्षा गोष्ठी सुरु
मुगु न्युज डट कम,
भदौ २४ मुगु---------
आर्थिक वर्ष २०६९ । ०७० सालमा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट सम्पन गरिएका कार्यक्रमहरुको सोमवार देखि गमगढीमा वार्षिक प्रगति समिक्षा गोष्ठी सुरु भएको छ ।
समिक्षा गोष्ठीमा सहभागि राजनीतिक दल नागरिक समाजका अधिकाँश सहभागिहरुले सरकारी कार्यालयले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रमहरुको प्रतिवेदन साराशंमा मात्र तयार गरेका र कार्यक्रममले पारेका प्रभाव तथा देखिएका परिवर्तन केहि नसमेटेको भन्दै पुर्ण तयारी नगरुन्जेलसम्म समिक्षा गोष्ठीको कुनै अर्थ नरहेको बताएका थिए ।
गोष्ठीको पहिलो दिन जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय , कृषि कार्यालय , पशु कार्यालय लगायतका कार्यालयहरुले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका प्रतिवेदनमा सवै कार्यक्रम सम्पन्न गरि शतप्रतिशत प्रगति भएको देखाईएको प्रति सहभागिले आपती जनाए ।
कार्यालयहरुका कार्यक्रमका विषयमा जहिले पनि अन्तरक्रिया , छलफल हुने गरेका र नागरिकसंग प्रत्यक्ष जोडिएका विषयहरु हवाई तथा सडक यातायात, विद्युत र स्वास्थ्यका विषयमा कसैले चासो नदेखाएको प्रति सहभागिले आपती जनाएका थिए । हवाई तथा सडक यातायात अबरुद्ध हुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकेका मुगाली नागरिकले ज्यान गुमाउनु परेको, हुने खानेहरुले हेलिकप्टर चार्टर गरे पनि सर्व साधारण नागरिकका लागि स्थानीय प्रशासन, राजनीतिक दल कसैले आवाज नउठाएको , लामो समयसम्म विद्युत सेवा अबरुद्ध हुँदा समेत सवै मौन रहेको र जिल्ला अस्पताल डाक्टर विहिन भएको जस्ता कुराहरु छायामा राखेर गरिने प्रगति समिक्षा गोष्ठीको कुनै औचित्य नरहेको सर्व साधारणले आक्रोश व्यक्त गरे पनि राजनीतिक दल , स्थानीय प्रशासन, जिविस लगायतका निकायले कुनै प्रतिक्रिया जनाएनन ।

0 comments
बिचार लेख्नुहोस्..