पुराना तथा नक्कली ट्रान्समिटरका कारण विद्युत सेवा अनियमित
मुगु न्युज डट कम,
असोज १६ मुगु -----
जिल्लाको सदरमुकाम गमगढी र आसपासका पाँचवटा गाविसलाई लक्ष्यीत गरि २०६८ असोजको अन्तिम साताबाट विद्युत आपुर्ति सेवा दिदै आएको गमगाढ साना जल विद्युत आयोजना मुगुले राखेका ट्रान्समिटर नक्कली तथा पुराना भएका कारण अहिले विद्युत आपुर्ति सेवा असहज हुन थालेको छ ।
सदरमुकाम गमगढी र नजिकका गाविस श्रीनगर, कार्कीवाडा, पिना, रोवा र रुगालाई लक्ष्यीत गरि आर्थिक वर्ष २०५७। ०५८ बाट निर्माण कार्य सुरु गरिएको चार सय किलो वाट उत्पादन क्षमता रहेको आयोजना एक दशक पछि ०६८ सालमा सम्पन्न भएको थियो । तर लामो समयसम्म आयोजनाका लागि ल्याईएका उपकरणहरु खुला ठाउँमा रहेकाले छिट्टै विग्रन थाले पछि विद्युत आपुर्ति सेवामा अनियमितता भएको आयोजनाका कर्मचारीले बताए । त्यस्तै नयाँ ल्याईएका आयोजनाका ट्रान्समिटर समेत नक्कली आएकाले विद्युत आपुर्ति सेवमा अनियमितता हुन थालेको कर्मचारीले बताए ।
जिल्ला अस्पताल मुगु र गमगढी बजारको नयाँ सडक, तथा श्रीनगर गाविसका लागि राखिएका ट्रान्समिटरहरु नक्कली परेकाले विद्युत सेवा आपुर्तिमा अनियमित हुन थाले पछि आयोजनाको विद्युत उत्पादन गृहमा राखिएका ट्रान्समिटर विग्रिएका स्थानमा नराखुन्जेल विद्युत आपुर्ति सेवा सहज हुन नसक्ने आयोजनाका एक कर्मचारीले बताए । विद्युत सेवा असहज हुँदा विद्युत सेवा अवरुद्ध भएका स्थानका दैनिक काम काज अबरुद्ध हुने गरेका छन ।
0 comments
बिचार लेख्नुहोस्..