उम्मेदवार सुरक्षाका विषयमा सर्व पक्षिय बैठक सम्पन्न


मुगु न्युज डट कम,
असोज २४ मुगु ----
 आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनमा भाग लिने राजनीतिक दलका उम्मेदवार, राजनितिक दल, सरकारी कर्मचारी, मतदाता र निर्वाचन कार्यक्रम सम्बन्धि खटिने कर्मचारीहरुको सुरक्षाका विषयमा सर्व पक्षिय बैठक सम्पन्न भएको छ ।
 मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका जिल्ला न्याधीश हरिप्रसाद शर्मा पंगेनीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको सर्व पक्षिय बैठकमा निर्वाचनमा भाग लिने दलका उम्मेदवार, चुनावमा खटिने कर्मचारी  , मतदाताहरुको सुरक्षामा ठोस ध्यान दिने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत पंगेनीले जानकारी दिए । १९ वटा राजनीतिक दलका उम्मेदवार जिल्ला स्थित चार वटै सुरक्षा कार्यालयका प्रमुखहरु सहभागि रहेको बैठकले सम्बन्धित सरोकारवाला निकायलाई निर्वाचन आचार सहिंता पालना गर्नु पर्ने निर्णय गरिएको छ भने दशै तिहार तथा छठ पर्वका बेला निर्वाचन प्रचार प्रसार गर्दा भोज भतेर ,जलपान जस्ता कार्यक्रममा रोक लगाउने निर्णय समेत गरिएको छ ।
 चुनाव प्रचार अभियानका क्रममा राजनीतिक दलको झण्डा, निर्वाचन चिन्ह अंकत टोपी, टिसर्ट, झोला , कलम लगायतका सामग्री प्रयोगमा समेत रोक लगाउने निर्णय गरिएको छ ।  संविधान सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउदा मनोनयन पत्र फ्याक्स बुझाएका र सक्कल बुझाउन बाँकि रहेका उम्मेदवारहरुको लागि निर्वाचन आयोगको असोज २२ गतेको निर्णय अनुसार नै मान्यता दिने समेत निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..