सबै भन्दा महंगो दशै


मुगु न्युज डट कम,
असोज २५ मुगु---------------
 हिन्दु धर्मालम्बीहरुको महान चाडका रुपमा सवैको घर दैलोमा प्रवेश गरेको यस पालीको दशै सर्व साधारणका लागि सवै भन्दा मंहगो सावित भएको छ ।
 वर्षमा एक पटक आउने हिन्दुहरुको दशै पर्वमा घर बाहिर गएका परिवार तथा आफन्तजनहरु घर फर्केर सपरिवार एकै ठाउँमा बसेर मिठो खाने राम्रो लगाउने तथा टिका जमरा लगाएर ठुला बडा मान्यजन बाट आर्शिवाद ग्रहण गर्ने परम्परा चलि आएको छ ।
 तर यसपाली मुगाली सर्वसाधरणहरुका लागि दशै महंगो र खर्चिलो हुने भएको छ । यस पटक चिनियाँ रुपैयाँको मुल्य वृद्धिसंगै चिनियाँ खसि आउन सकेन भने स्थानीय भेडा खसिको मुल्यले आकास छोएको छ । लामो समय देखि हवाई तथा सडक यातायात अबरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य समेत बढेको छ । यो पटक खसिको मुल्य न्युनतम ८ हजार देखि १८ हजारसम्म परेको छ ।
 यता हुने खानेहरुले तामझामका साथै दशैलाई खर्चिलो तबरले मनाउदा आर्थिक अवस्था कमजोर भएका छिमेकिहरुले ऋण सापटी गरेर खसि बोका किन्नु पर्ने बाध्यता रहेको छ । समग्रमा दशै तथा चाड पर्वलाई खर्चिलो र तडकभडक नबनाई समाज सुहाउदो तबरले मनाउन हामी सवैलाई दुर्गा भवानीले साथ दिउन । आम नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

0 comments

बिचार लेख्नुहोस्..