दशैको उपलक्ष्यमा खुला पुरुष फुटबल प्रतियोगिता सुरु


मुगु न्युज डट कम,
असोज २५ मुगु  ------------------
 दशैले सुनसान रहेको सदरमुकाम गमगढी बजार शनिवार देखि सुरु भएको खुला फुटबल प्रतियोगिताले रमाईलो प्रदान गरेको छ ।
 रेडपाण्डा युवा क्लब श्रीनगरको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खेलमा आयोजक रेडपाण्डा युवा क्लबले भामबाडा युवा क्लबलाई तिन शुन्य गोल अन्तरले पराजित गरेको छ । पछिल्लो समयमा जिल्ला खेलकुद विकास समितिका कुनै गतिविधी हुन नसकेको अवस्थामा विभिन्न क्लबहरु, विद्यालयहरुले भलिबल , फुटबल प्रतियोगिता आयोजना गर्दा जिल्लामा आंशिक रुपमा खेल गतिविधि सञ्चालन भईरहेको देखिन्छ ।
 जिल्ला न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले प्रतियोगिताको उद्घाटन गरेका थिए । निर्वाचनका कारण दलहरु दशैसंगै गाउँमा पसे पनि जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीहरु , सुरक्षाकर्मिलाई फुटबल प्रतियोगिताले दशैको वेला घर जान नपाएको खिन्नतालाई केहि हदसम्म हटाई दिएको छ । प्रतियोगिताका लागि विभिन्न ९ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले बताएका छन ।

0 comments

बिचार लेख्नुहोस्..