पुजा पाठ र बलि सहित अष्टमी मनाईयो


मुगु न्युज डट कम,
असोज २६ मुगु ---------------
बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा जस्तै मुगु जिल्लाका विभिन्नबलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गरिएको छ  छ ।
जिल्लाका प्रमुख शक्ति पिठहरु गमगढी स्थित कालिका मालिका मन्दिर , चैन स्थित छाया क्षेत्र मन्दिर लगायतका शक्ति पिठहरुमा बलि दिने र पुजा पाठ गर्ने भक्तजनहरुको विहानै देखि घुईचो लागेको थियो ।
आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।
पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । कतिपय स्थानमा महा अष्टमीको रातलाई काल रात्रीका रुपमा मनाउने चलन पनि रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..