मदिरा सेवनबाट एक युवकको मृत्यु
मुगु न्युज डट कम ,
असोज २७ मुगु -------
अत्याधिक मदिरा सेवनका कारण श्रीनगर गाविस वडा नम्बर ७ मा एक जना युवकको मृत्यु भएको छ ।
श्रीनगर गाविस वडा नम्बर सात तलितुम गाउँका ३५ वर्षिय किनदत्त रावलको शनिवार राती मृत्यु भएको स्थानीयवासीले बताएका छन । शनिबार अष्टमीको विहानै देखि रावलले आफ्नै घरमा घरेलु मदिरा सेवन गरेका र साँझ आफ्नै घरमा सुतेका थिए । आईतबार विहान अबेर सम्म रावल ओछ्यानबाट नउठे पछि परिवारले उठाउन खोज्दा मृत अवस्थामा भेटिदा स्थानीयवासी जम्मा भएका थिए । उनका छिमेकि र स्थानीयवासीले अत्याधिक मदिरा सेवन गरेका कारण रावलको मृत्यु भएको दावी गरे पनि मृत्युको कारण पत्ता लगाउन मृतक रावलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
मृतक रावलको शव आईतवार नै पोष्टमार्टम पछि परिवारलाई बुझाईएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..