निर्वाचन सम्बन्धि सडक नाटक समेत भएन


मुगु न्युज डट कम ,
कार्तिक १२ मुगु -----------------
 संविधान सभा निर्वाचन सम्बन्धि मतदाताहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको सडक नाटक स्थगित भएको छ ।
सडक नाटक मुगुका चार वटा र हुम्लाका चार वटा स्थानमा संविधान सभा सम्बन्धि जनचेतना मुलक नाटक प्रर्दशन गर्नु पर्ने भए पनि असुरक्षाको कारण देखाउदै हुम्लाका चार स्थानमा नाटक प्रस्तुत गर्न नसकिएको कलाकार राजेश प्रसाद खत्रिले जानकारी दिए ।
 निर्वाचन आयोगको आयोजना ,संयुक्त राष्ट संघीय विकास नियोग युएनडिपीकोे आर्थिक सहयोग तथा आरोहण गुरुकुल काठमाण्डौको साझेदारीमा कर्णाली वृत चित्र तथा भौतिक विकास केन्द्र जुम्लाको समन्वयमा मुगुका नाट्यकर्मिले संविधान सभा निर्वाचन सम्बन्धि जन चेतनामुलक सडक नाटक प्रदर्शन गर्ने भने पनि चुनाव बहिष्कारमा उत्रेको नेकपा माओवादीले अबरोध गर्ने देखिएको भन्दै नाटक गर्न नसकेको कलाकारले बताए ।
 नेकपा माओवादी मुगुका ईन्चार्जले सडक नाटक देखाउदा आफनो बहिष्कार अभियानलाई सहयोग हुने खालको नाटक देखाउन भने पछि आफुहरुले नमिल्ने बताएको र माओवादीले नाटक देखाउन जाँदा हुने अबरोध र उत्पन्न हुने परिणामको जिम्मा नलिने बताए पछि असुरक्षित हुनुका साथै पछिसम्म पनि बैमनश्यता रहने हुँदा नाटक प्रर्दशन गर्न नसकिने बताएका हुन ।
 नाटक प्रर्दशन हुने स्थान र कलाकारको टोलीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लिखित निर्देशन दिई सकेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए ।
नेकपा माओवादीका ईन्र्चाज विर्ख बहादुर थापाले आफुहरुले निर्वाचन सम्बन्धि कुनै पनि गतिविधी बहिष्कार गर्ने भएकाले गाउँमा गएर नाटक प्रर्दशन गर्दा हुने अबरोधको जिम्मा लि नसकिने भने पछि कलाकारहरु गाउँ जान नसकेको तथा आफुहरुले जाँदै नजान नभनेको बताए ।
 यता कलाकारहरुले नाटकको अबधीभर सुरक्षाकर्मिसंग हिडे पनि चुनाव पछिसम्म पनि माओवादी कार्यकर्तासंग प्रतिसोधको भावना रहिरहने हुँदा मुगुको सदरमुकाम आसपासका स्थानमा मात्र सडक नाटक प्रर्दशन गर्ने निर्णयमा पुगेको उनिहरुले बताए ।
हुम्लाका दार्म,मिमि, उनपानी र सिमिकोट तथा मुगुका श्रीनगर,रोवा, पिना र रुगा गाविसमा नाटक प्रर्दशन गर्नु पर्ने भए पनि कलाकारहरुले हुम्ला जान असुरक्षा रहेको भन्दै मुगुमा मात्र सडक नाटक प्रर्दशन गर्ने निर्णयमा पुगेका हुन ।

0 comments

बिचार लेख्नुहोस्..