काँग्रेस एमालेले ठगे — भट्टराई


मुगु न्युज डट कम.
कार्तिक १४ मुगु -------------
 एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पुर्व प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराईले विगत देखि नै काँग्रेस र एमालेले ठग्दै आएको बताएका छन ।
 एमाओवादी मुगुले विहिबार सदरमुकाम गमगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले विगतमा पञ्च र त्यस पछि काँग्रेस एमालेले जनतालाई ठगेका तथा अहिले पनि जनतालाई ठग्न र भ्रम फैलाउन आउने भएकाले सचेत रहन आग्रह गरे ।
 उपाध्यक्ष भट्टराईले आफ्नो पाटीलाई बहुमत दिलाएर एकमना सरकार चलाउन दिएमा एक वर्ष भित्र संविधान बनाउने र त्यसपछि देशको विकास तर्फ लाग्ने बताए । उनले भने,हामीले बहुमतको सरकार चलाउन थाल्यौ भने पाँच, दश, विस र चालिस वर्षको अबधीमा देशलाई संसारकै धनि देश बनाउने कार्य योजना बनाएका छौ त्यसैले हामीलाई चार सय एक को बहुमत दिनुस । कर्णालीका जनतालाई सबै तहको निशुल्क शिक्षा, आवासिय शिक्षा , सबै प्रकारको निशुल्क स्वास्थ्य सेवा तथा ६५ वर्ष पुगेका नागरिकलाई जनता पेन्सन कार्यक्रम सञ्चालन गर्ने भट्टराईले बताए ।  आफु र एमाओवादी अध्यक्ष प्रधानमन्त्रि बन्दा अन्य दलहरुले असहयोग गर्दा काम गर्न नसकेको बताउदै भट्टराईले आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनमा एमाओवादी र विचार मिल्ने दललाई बहुमत दिलाए सवै समस्याको समाधान गर्ने बताए । देशको संघीय संरचना गर्दा कर्णालीलाई पुर्ण स्वायत्तता प्रदान गरिने उनको दावी थियो ।
 १४ मिनेट सम्बोधन गरेका भट्टराईले चुनाव बहिष्कारको अभियान चलाई रहेका मोहन वैद्य नेतृत्व नेकपा माओवादीलाई बहिष्कार अभियान छोडेर निर्वाचनमा आउन आग्रह गरे । उनले बैद्यलाई बालबालिकाको संज्ञा दिदै भने , घर भित्र चुल्होमा भात पाक्दै गरेको वेला बाल बच्चाले आमालाई भोक लाग्यो भन्दै कराउने र भात नदिएपछि भात पाक्दै गरेको भाँडा घोप्ट्याए जस्तै व्यवहार गरिरहनु भएको छ ।
फिष्टेल एयरको हेलिकप्टरबाट आएका भट्राईले मुगुको चुनावी सभालाई सम्बोधन गरिसके पछि हुम्लाको श्रीनगर, बाजुराको कोल्टी र दैलेखको राकममा हुने एमाओवादीकोे चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..