दैनिक उपभोग्य वस्तुको मुल्य घट्यो


मुगु न्युज डट कम----
कार्तिक १२ मुगु ---------------------
 दशै तिहारको तथा छठ पर्वलाई मध्य नजर गर्दै गमगढी बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य घटेको छ ।
सदरमुकाम गमगढीसम्म सडक विग्रिएका कारण गाडी नपुगे पनि सदरमुकाम देखि दुई घण्टा टाढा पिना गाविसको  झ्यारी खोलासम्म सामान झर्ने गरेको तथा दशै, तिहार र छठ पर्वका वेला उपभोक्तालाई राहत दिने उदेश्यले दैनिक उपभोग्य वस्तुमा पाँच रुपैयाँ देखि दश रुपैयाँसम्म मुल्य घटाएको उद्योग बाणिज्य संघ मुगुले जानकारी दिएको छ ।
मंगलबार बसेको संघको बैठकले विगतमा चिनी प्रति केजी एक सय दश पर्दै आएकोमा मंगलबार देखि लागु हुने गरि प्रति केजी एक सय , चिउरा ९५,मोटो चामल ६५, तेल प्रति लिटर २ सय, मैदा ८० रुपैयाँ कायम गरेको संघका अध्यक्ष नरविर रावतले बताए ।
गएको जेठ अन्तिम साता देखि वर्षाका कारण सडक यातायात बन्द भएको थियो भने ताल्च विमान स्थलको धावन मार्ग सुधार गर्न त्यहि वेला देखि हवाई यातायात समेत अबरुद्ध भए पछि बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुनुको साथै मंहगी पनि बढेको थियो । यसै हप्ता देखि हवाई यातायात र सडक यातायात आंशिक रुपमा सुचारु भए पछि बजार मुल्य घट्नुका साथै दैनिक उपभोग्य वस्तुको अभाव हटेको छ ।

0 comments

बिचार लेख्नुहोस्..