काँगे्रस माओवादी झडपमा दश घाईते
मुगु न्युज डट कम,
मुगु २९ असोज--------
जिल्ला सदरमुकाम गमगढी देखि दुई दिन उतर पश्चिम भिई गाँउ विकास समितीमा पर्ने भिई गाँउमा आईतवार भईरहेको काँगे्रसको घरदैलो कार्यक्रममा माओवादी कार्यकर्ताहरुले आक्रमण गर्दा दुवै तर्फ गरि दश जना घाईते भएका छन भने एकको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।
घाईते हुनेमा काँगे्रस तर्फ भिई गाँउका जलेश्वर धामी,लिला धामी,केशव धामी,पुन्नलाल कुलाल र नार्थपु ५ जडेपानी गाँउका अक्कल शाही रहेको र घाईते शाहीको अवस्था चिन्ताजनक रहेको नेपाली काँगे्रस जानकारी गराएका छन भने उता माओवादी तर्फ दन्त्या दमाई,तारा दमाई लगायत पाँच जना घाईते भएको जनाईएको छ ।
काँगे्रसको घरदैलो कार्यक्रम अन्तरगत आईतवार भिई गाँउमा घरदैलो कार्यक्रम भई राखेका बेला दिउसो ३ बजे माओवादी कार्यकर्ताले ढुंगा मुढा गरेर आक्रमण गरेको काँगेसले भनेको छ भने आफना कार्यकर्ता माथी काँगे्रसले आक्रमण गरेपछि जवाफी आक्रमण गरेको माओवादीले वताएको छ ।
घटना स्थल टाढा भएकाले विस्तृत जानकारी आईनसकेको घाईते दुबै तर्फगरी दश जना घाईते भएको जानकारी आएको,तत्काल घटना स्थल तर्फ सोरुकोट प्रहरी चौकीबाट १५ जनाको टोली गएको र जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी को टोली हिडी सकेको,पछिल्लो जानकारी अनुसार घटना स्थलको अवस्था सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए । काँग्रेसका कार्यकर्ताले आफ्नो पाटी विरुद्ध चर्का नाराबाजी गरे पछि सामान्य विवाद हुँदा झडप हुनु स्वभाविक भएको माओवादीका बैकल्पिक केन्द्रिय सदस्य मंगल बहादुर शाहीले बताए । यता काँग्रेसले चुनावी अभियान भईरहेको बेला माओवादीले कालो झण्डा देखाउदा झडप भएको दावी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले झडप सामान्य भएको र पाँच जना जति सामान्य घाईते भएको दावी गरे । उनले भने स्थिती सामान्य हो हामीले घटना स्थल तर्फ सुरक्षाकर्मि पठाई सकेका छौ ।
0 comments
बिचार लेख्नुहोस्..