आचार सहिंता उलग्घन गर्दै दलहरु
मुगु न्युज डट कम,,,
कार्तिक ७ मुगु--------------------
आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनको प्रचार प्रसारमा जुटेका राजनितिक दलहरुले निर्वाचन आचार सहिंता उलंग्घन गरिरहेका छन ।
निर्वाचन आयोगले रंगिन पर्चा पम्पलेट, निर्वाचन चिन्ह भएका टोपी, कमिज प्रयोग गर्न नहुने आचार संहिता बनाए पनि दलहरुले त्यसको उलंग्घन गरिरहेका छन । कतिपय राजनीतिक दलहरुले चुनावी प्रचार अभियानमा स्कुले बालबालिका प्रयोग गरिरहेका छन । संविधान सभाको निर्वाचनमा मुख्य प्रतिस्पर्धी देखिएका नेकपा एमाले र नेपाली काँग्रेसले आचार सहिंताको उलग्घन गरेका छन । चुनावी अभियानमा शिक्षक , कर्मचारी हिडेको पाईएको छ । नेकपा एमालेका उम्मेदवार मोहन बाँनियालाई भोट माग्न प्राथामिक विद्यालमा कार्यरत शिक्षिका राधीका मल्ल र कर्णाली मावि टोप्लामा कार्यरत शिक्षक नरेन्द्र रावल घर दैलो अभियानमा हिडेका छन । त्यस्तै दलको चुनाव चिन्ह अंकित भएका टि सर्ट लगाउन नपाईने भए पनि नेपाली काँग्रेसका कार्यकर्ताले चुनाव चिन्ह रुख अंकित टिसर्ट लगाएर चुनावी अभियानमा हिडेका छन ।
राष्टिय प्रजातन्त्र पाटी र मधेशी जन अधिकार फोरमले चुनावी अभियानमा साना स्कुले बालबालिकाहरु प्रयोग गरेका छन । दलहरुले आचार सहिंता उलग्घन गरेको भन्ने कुनै उजुरी जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपरेको ति कार्यालयहरुले जनाएका छन । दलहरुले चुनावी अभियानका क्रममा आचार सहिंताको उलग्घन गरेको उजुरी आए कारवाही गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले केहि दिन अघि बताएका थिए ।
शिक्षकहरुले कुनै दलको निर्वाचन प्रचार प्रसार गर्न नपाउने , कुनै दलको एजेण्टका रुपमा बस्न नपाउने जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले बताए । उनले भने , अहिले विद्यालयहरु विदा छन को शिक्षक कता गए भन्ने थाहा छैन यदि कोहि शिक्षकले त्यस्तो काम गरेको छ भने निर्वाचन आयोगले आफै कारवाही गर्छ ।
0 comments
बिचार लेख्नुहोस्..