दश महिनामा तिन महिना मात्र सडक सञ्चालन


मुगु न्युज डट कम,
कार्तिक ७ मुगु-----------
कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी सडक खण्डको गत वर्षको पौष १ गते औपचारिक रुपमा उद्घाटन गरिएको ११ महिना पुगे पनि अहिलेसम्म मुश्किलले तिन महिना मात्र गाडी गुडेको छ ।
 २०६९ साल पौष १ गते नाग्म गमगढीसम्म ९४ किलो मिटर सडक खण्डको तत्काली प्रधानमन्त्रि डाक्टर बावुराम भट्टराईले उद्घाटन गरे पछि पौषको महिना मात्र गाडी चलेको थियो । माघको पहिलो साता देखि लगातार भएको हिमपातका कारण बैशाखको पहिलो सातासम्म सडक अबरुद्ध  भएको थियो । बैशाख दोस्रो साता देखि सञ्चालन भएको नाग्म गमगढी सडक खण्ड पुनं वर्षाका कारण जेष्ठ अन्तिम साता देखि बन्द रहेको छ । नेपाली सेनाले नाग्म देखि गमगढीसम्म ५२ करोड खर्च गरेर सडकको ट्रयाक खोलेको थियो । गएको जेष्ठ महिनामा नेपाली सेनाले यो सडक खण्ड सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
 अहिलेसम्म नाग्म  गमगढी सडक खण्ड अबरुद्ध रहे पछि केहि हप्ता अघि मात्र चार नम्बर सडक डिभिजन कार्यालय सुर्खेतले गोठि ज्युला देखि गमगढीसम्मको अबरुद्ध सडक मर्मतका लागि टेण्डर खोलेको थियो । वोलपत्र अनुसार नाग्म देखि जुम्लाको चौथासम्म, चौथा देखि ताल्च विमान स्थल र ताल्च देखि गमगढी सम्म तिन खण्डमा विभाजन गरेको थियो । त्यतिवेला डोजर लगाएर सामान्य रुपमा गाडी चल्न सक्ने भए पनि पछिल्लो समयमा भएको वर्षाका कारण जुम्ला र मुगुको सिमाना घुच्ची लेक देखि गमगढीसम्मको सडक खण्डमा पाँच स्थान भन्दा बढी स्थानमा पहिरो जाँदा अहिलेसम्म ट्याक्टर बाहेक अन्य मालबाहक गाडी स्वराज चल्न सकेका छैनन । ताल्च विमान स्थल देखि दुई किलोमिटर टाढा दक्षिणमा पर्ने झ्यारी खोलामा पहिरोसंगै पानी बग्ने गरेका कारण अहिले पनि पाँचवटा मालबाहक गाडी दश दिन यता रोकिएका छन ।
 सडक राम्रो हुदा तिन दिनमा सुर्खेत देखि गमगढी पुग्ने गरेकोमा अहिले सडक विग्रेका कारण छ दिनमा मुश्किलले गमगढी पुगेको नेपाल खाद्य संस्थानको चामल लिएर आएका ट्याक्टर चालक तुलसीराम खड्काले बताए । छ महिना अघि सुर्खेतबाट गमगढीका लागि हालिएको निर्माण सामग्री हिमपातका कारण घुच्ची लेकको भुलभुलेमा रोकिएको र अहिले तिन दिन देखि झ्यारी खोलामा नै अलपत्र परेको राजेश जर्नल एण्ड अर्डर सप्लायर्स मुगुका प्रोपराईटर ज्ञानदत्त भट्टले बताए । सडक अबरुद्ध भएका कारण गमगढी बजारमा दैनिक उपभोग्य वस्तुको अभावसंगै महंगी समेत बढेको छ ।

0 comments

बिचार लेख्नुहोस्..