मुगुमा चुनाबी प्रचार अभियान तीब्र


मुगु न्युज डट कम,
मुगु ७ कार्तिक------------
आगामी मंसिर ४ गते हुने अर्को संबिधान सभाको निर्वाचनको लागी मुगु जिल्लाका राजनितिक दल तथा तिनका कार्यक्रताहरुले चुनाबी प्रचार प्रसार अभियानलाई तीब्रता दिएका छन् ।
संबिधान सभाको निर्वाचनको मिति नजिकिदै जाँदा आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै राजनितिक दलका स्थानीय नेता तथा कार्यक्रताहरुले चुनाबी प्रचार प्रसार अभियानलाई तिब्रता दिएका हुन् ।
मुगु जिल्लामा एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, अखण्ड नेपाल, राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम् लगायतका १७ ओटा दलका उम्मेदवारहरु प्रत्यक्ष तर्फको चुनाबी प्रतिस्प्रर्धामा उत्रिएका छन् ।
काँगे्रस उम्मेदवार ऐनबहादुर शाही अहिले जिल्लाका चार भेग मध्य सबैभन्दा बढि मतदाता रहेको सदरमुकाम गमगढी आसपासका गाविसहरुमा चुनावी प्रचारमा व्यस्त छन ।गमभेगको प्रचार अभियान सकेर कार्तिक दोसो्र साताबाट खत्याड भेग तिर लाग्ने उम्मेदवार शाहीले बताए ।
नेकपा एमालेका उम्मेदवार मोहन बाँनियाँ पनि आफनो जन्मथलो खत्याडभेगमा घरदैलो सकाएर गमभेगमा घरदैलो गरीरहेका छन । गमभेग सकाएर यो महिनाको दोसो्र देखि करान तिर लाग्ने छन ।
ए नेकपा माओवादीका उम्मेदवार सुकविर बुढा पनि आफनो भेग खत्याडमा चुनावी प्रचारमा व्यस्त छन ।
राष्टिय प्रजातन्त्र पाटीका उम्मेदवार राजबहादुर मल्ल गमभेगको प्रचार अभियान सकेर विहिबारबाट सोरुभेग तर्फ लागेका छन भने अखण्ड नेपालका उम्मेदवार पनि आफनो गमभेगको चुनावी प्रचार सकेर कार्तिक शुरु देखि सोरुभेग केन्द्रित चुनावी प्रचार अभियानमा जुटेको छ ।
मुख्य प्रतिस्पर्धी पाटी लगायत चुनावमा होमिएका सबै पाटीले आफना चुनावी गतिविधीलाई गाँउ भेगक्षेत्रमा व्यापक बनाएपछि गाँउघर चुनावमय भएका छन भने सदरमुकाम गमगढीको बजार क्षेत्र सुनसान छ ।
जिल्लाका चार भेगमध्य सोरु,खत्याड र गमभेगमा दलहरुले आफना चुनावी गतिविधी तिव्र बनाए पनि सबैभन्दा कम मतदाता रहेको करान भेगमा अहिलेसम्म कुनै पाटीका चुनाव प्रचार प्रसार गतीविधी नभएकाले करान भेगका गाँउघर भने सुनसान रहेका छन । करान भेगका पाँच गाविस भरीमा २७ सय ४१ मतदाता रहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..