स्वास्थ्यकर्मि नहुँदा घाईतेको उपचारमा समस्या
मुगु न्युज डट कम,
मुगु २९ असोज,
आईतवार साँझ चुनाव प्रचारका क्रममा घाईते भएकाहरुका लागि भिई गाविसमा स्वास्थ्यकर्मि र औषधी नहुँदा उपचारमा समस्या भएको छ ।
सदरमुकाम गमगढी देखि दुई दिन टाढा पर्ने भिई गाविसमा रहेको स्वास्थ्य चौंकिमा औषधीको अभावसंगै स्वास्थ्यकर्मि पनि दशै विदामा रहेकाले झडपका क्रममा घाईते भएका नेपाली काँग्रेस सर्मथक जलेश्वर धामी र नेकपा माओवादी सर्मथक दन्ते कामीको उपचारमा समस्या परेको बताईएको छ ।
गम्भिर घाईते दुईजनाको उपचारका लागि राजधानीमा हेलिकप्टरका लागि प्रयास जारी रहेको र प्रतिकुल मौसमका कारण समस्या भई रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरिले जानकारी दिए । उनले भने हिजो अस्ति देखि नै हेलिकप्टरका लागि प्रयास भईरहेको छ तर हेलिकप्टर आउने नआउने कुनै टुंगो लागेको छैन । जिल्लाबाट औषधी र स्वास्थ्यकर्मि भिई तर्फ आजै पठाउन लागिएको र स्वास्थ्यकर्मि गाउमा नै रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुराम नेपालीले बताए ।
आईतवार बेलुकि चुनाव प्रचार गर्न पुगेका काँग्रेस कार्य कर्ता र नेकपा माओवादीका कार्यकर्ता विच झडप हुँदा दुवै तर्फका गरि दश जना घाईते भएका थिए । घाईते मध्य धामी र कामीको टाउकोमा गम्भिर चोट लागेको बताईएको छ ।
0 comments
बिचार लेख्नुहोस्..