फुटबलमा आर्कर्षित हुँदै युवा पुस्ता
मुगु न्युज डट कम ,
असोज ३० मुगु -----
पछिल्ला वर्षहरुमा राष्टपति रनिङ शील्ड मात्र आयोजना गर्ने अवस्थामा रहेको जिल्ला खेलकुद विकास समिति मुगुका खेल गतिविधि सुनसान अवस्थामा रहेको वेला पछिल्ला वर्षहरुमा युवाहरु फुटबल खेल प्रति आकर्षित हुन थालेका छन ।
खेलकुद विकास समितिले जिल्लाको खेल जगतमा कुनै चासो नदिदाँ युवाहरुमा रहेको खेल प्रेम हराउदै गएको युवाहरु बताउछन । पछिल्ला समयमा वर्षको दुई तिन पटकसम्म जिल्लामा फुटबल प्रतियोगिताको आयोजना हुदै आएको छ । अहिले पनि दशैको उपलक्ष्यमा स्थानीय रेडपाण्डा युबा क्लबको आयोजनामा सदरमुकाम गमगढीमा खुल्ला फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । नौ वटा युवा क्लबले प्रतियोगितामा भाग लिएका छन जस मध्य बुधवार सम्म सञ्चालन भएको पहिलो चरणको खेलमा तिनवटा समुह बाहिरिएका छन भने ६ वटा समुहले विहिवार देखि सेमि फाईनलका लागि खेल्ने आयोजक क्लबका अध्यक्ष पारसमणि मल्लले जानकारी दिए । निर्वाचन नजिकिएको तथा दशैको वेलामा प्रतियोगिता आयोजना गर्दा विवाद र झैं झगडा हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रहरी प्रशासनसंग सहयोग मागिएको तथा रेफ्रि समेत सशस्त्र प्रहरी बलका खेलाडी राखिएकाले सहज भएको मल्लले बताए ।
जिल्लामा आयोजना गरिने खेलकुद प्रतियोगिता मध्य सबै भन्दा ठुलो पुरस्कार राशी यो पटक रहेको छ । प्रतियोगिताको विजेता समुहले १५ हजार नगद र उप विजेताले १० हजार नगद पुरस्कार पाउने छन भने सवै भन्दा लामो समयसम्म प्रतियोगिता सञ्चालन हुने भएकाले खर्च पनि एक लाख बढि हुने आयोजकले बताएका छन । प्रतियोगिता फुलपातीको दिन देखि सुरु भएको थियो । केहि हप्ता अघि सदरमुकाम गमगढीमा १४ वर्ष उमेर समुह मनिकाहरुको फटबल प्रतियोगिता सञ्चालन भएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..