फुटबल प्रतियोगिता सम्पन्न
मुगु न्युज डट कम,
कार्तिक ४ मुगु-----
दशै र तिहारको उपलक्ष्यमा रेडपाण्डा युथ क्लबले आयोजना गरेको खुल्ला पुरुष फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
फुल पातीका दिन देखि सुरु भएको प्रतियोगिताको फाईनलमा पुगेको आयोजक रेडपाण्डालाई १ का विरुद्ध २ गोल गर्दै प्रथम पुरस्कार नगद १० हजार सहित प्रथम स्थान श्रीनगर गाबिसको ए, वान स्पोर्ट कल्बले आफना पोल्टामा पार्न सफल भएको छ ।
दशैको फुलपातिका दिन बाट शुरु भएको खुल्ला पुरुष फुटबल खेलको अन्तिम चरणमा आयोजक टिम रेडपाण्डालाई १ बिरुद्व ए,वान युथ कल्बले २ गोलले पराजित गर्दै प्रथम पुरस्कार नगद १० हजार सहित चार हजार बराबरको जिन्सि सामान जितेको हो ।
जिल्लामै पहिलो पटक यती ठुलो पुरस्कार राशी भएको प्रतियोगिता आयोजना गरेको खुल्ला पुरुष फुटबलमा जिल्लाका नौ टिमले भाग लिएका भए पनि लिग चरण बाट खेलाईएको खेलमा सेमिफाईनलमा श्री महाकालि उच्च माबि लाई हराउदै ए, वान युथ कल्ब सेमिफाईनलमा पुगेको थियो भने सितल बजारलाई हराउदै आयोजक रेडपाण्डा सेमिफाईनलमा पुगि अन्तिम चरणको खेलमा पुगेका थिए ।
सोमबार श्री महाकालि उच्च माबिको खेल मैदानमा भएको अन्तिम चरणको खेलमा खेलको १७ औं मिनेटमा आयोजक टिमका १० नम्बरका बिबेक शाहीले गोल गरे पनि पहिलो खेलको दोस्रोे हापको २५ मिनेटमा ए, वानका १२ नम्बरका बाल कुमार मल्लले एक गोल फर्काएका थिए । दोस्रो हापमा ए, वानले एक गोल गरी बाराबरी भए पछी समय अबधि भर कुनै टिमले गोल नगरेपछी रेफ्रिको थप अतिरिक्त समयको ३० मिनेटको दोस्रो हाप २ मिनेटमा ए, वानका नरेश मल्लले एक गोल गरी आफनो टिम लाई नगद १० हजारको बिजेता बनाएका थिए भने नगद आठ हजार सहित उप बिजेतामा आयोजक रेड पाण्डाले चित्त बुझाउनु परेको थियो । बिजेता उप बिजेताका दुबै टिमका खेलाडीलाई जिल्ला न्यायाधीश हरि प्रसाद र्शमा पंगेनिले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए।

0 comments
बिचार लेख्नुहोस्..