ए वान क्लब स फाईनलमा प्रवेश


मुगु न्युज डट कम--
कार्तिक १ मुगु---------------
 रेड पाण्डा युवा क्लब श्रीनगर मुगुको आयोजनामा सञ्चालन भईरहेको पुरुष खुल्ला फुटबल प्रतियोगिताको शुक्रबार भएको सेमिफाईनल खेलबाट ए वान स्पोर्ट क्लब श्रीनगर फाईनलमा प्रवेश गरेको छ ।
 महाकाली नमुना उच्च मावि र स्पोर्ट क्लब विच भएको प्रतिस्पर्धाको पहिलो हाफमा स्पोर्ट क्लबले पेनाल्टी हान्ने मौंका पाए पछि महाकालीका खेलाडीले पेनाल्टी अस्वीकार गरेका थिए । मुख्य रेफ्रि सशस्त्र प्रहरी बलका भिम मल्लले महाकालीका खेलाडीको ह्याण्ड लिएका थिए । तर धेरै चोटी सम्झाउदा पनि नमाने पछि खाली गोल पोष्टमा बल हान्न लगाय पछि त्यहि गोल नै निर्णायक गोल भएको थियो भने महाकालिका खेलाडी हिडेका थिए ।
 शनिवार विहान सेमि फाईनलको अर्को खेल आयोजक रेड पाण्डा र शितल बजार युवा विच  प्रतिस्पर्धा हुने छ भने फाईनल खेल आईतवार विहान हुने छ । अंक तालीकाका आधारमा ए वान स्पोर्टको १२ अंक छ भने आयोजक रेड पाण्डाको ९ अंक रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..