दलहरु चुनाव प्रचारमा व्यस्त ÷ बालबालिका चुनावी प्रचारमा प्रयोग


मुगु न्युज डट कम,
कार्तिक ४ मुगु--------
संबिधान सभाको निर्बाचनमा भाग लिएका जिल्ला स्थित राजनीति दलका उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त रहेका छन भने केही राजनितिक दलले आफनो चुनाबि प्रचार प्रसारमा प्रयोग गरिएको पाईएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार ऐन बहादुर शाही दशै अगाडी नै आफ्नो भेक सोरु तर्फ चुनावका लागि घरदैलो अभियानमा गईसकेका छन भने केहि दिनमा नै सदरमुकाम आउने काँग्रेसले जनाएको छ । उता दशैको वेला आफ्नो क्षेत्र खत्याडमा गएका एमालेका उम्मेदवार मोहन बाँनिया अहिले सदरमुकामका गाविसमा घर दैलो अभियानमा छन । उनले सदरमुकामका वस्तिहरुमा दशैका लाग्ने मेलामा गएर देउडा मार्फत मत मागिरहेका छन । अन्य गाउँ ठाउँमा लाग्ने मेला र खेलिने देउडा खेललाई राजनीतिक दलका नेता कार्यकर्ताले आ आफ्ना पक्षका नेतालाई भोट माग्ने अवसरका रुपमा प्रयोग गरिरहेका छन । उता एकिकृत माओवादीका उम्मेदवार पनि खत्याड भेकमा घर दैलो अभियानमा छन । जिल्ला भरिका २४ गाविस मध्य सात गाविस रहेको खत्याडमा आफ्नो बलियो पकट रहेको एमाओवादीले दावि गरिरहेको छ । अन्य साना दलका उम्मेदवारहरु पनि गाउँ दौडाहामा छन ।  नयाँ राजनीतिक शक्तिका रुपमा देखिएको अखण्ड पाटीका उम्मेदवारले सवै भन्दा बढि मत भएको सदरमुकाम क्षेत्रलाई पहिलो प्राथामिकतामा  राखेको छ ।
मंसिर चार गते हुने संबिधान सभाको निर्बाचन सम्पन गर्नका लागी र आचार संहिता बिपरीत कुनै पनि क्रियाक्लाप संचालन नर्गन जिल्ला प्रशासन कार्यलयको आयोजनामा असोज १४ गते बसेको सर्बदलिय बैठकमा जिल्ला स्थित राजजितिक दलले बिद्यालयमा कुनै पनि राजनितिक दलका कार्यक्रम संचालन नगर्ने र बिद्यालय जाने बाल बालिकालाई चुनाबि प्रचार प्रशारमा प्रयोग नगर्ने प्रतिबद्वता जनाएको भए पनि बिद्यालय जाने बाल बालिकालाई प्रयोग गरिएको पाईएको छ ।
जिल्ला स्थित राजनितिक दलले बिशेष गरी आ आफनो चुनाबि प्रचार प्रसारमा बिद्यालय जाने बालबालिकालाई सांस्कृतिक कार्यक्रम र पोष्टर ,पम्पलेट टाँस्नेमा प्रयोग गरिने बिगतका सबै निर्बाचन जस्तै मंसिर चार गते हुने संबिधान सभा निर्बाचनमा बालबालिका लाई सांस्कृतिक कार्यक्रममा प्रयोग गरिरहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..