नियुक्तिमा सुविधा उल्लेख नभए पछि दर्जन म्यादी गएनन
मुगु न्युज डट कम,
मुगु कार्तिक १ -------------
संबिधान सभा निर्बाचनको शान्ति शुरक्षाका लागी जिल्ला प्रहरी कार्यालय मुगुले छनौट गरेका २ सय १४ जना म्यादी प्रहरीलाई जुम्ला र कालिकोट जिल्लामा पठाउने भए पछी छनौट भएका केही महिला र पुरुष म्यादी प्रहरीले आफुलाई दिएको नियुक्तिमा सेवा सुबिधा उल्लेखित नभएको र जिल्लामा नराखिएको भन्दै खटाईएको जिल्लामा नजाने बताएका हुन ।
जिल्ला प्रहरी कार्यालय मुगुले म्यादी छनौठका लागी सार्बजनिक सुचना मार्फत दरखास्त आह्वन गरी ९ सय ६४ जनाले फारम बुझाएका भएपनि छनौट प्रक्रियाका बिभिन्न चरण हरुबाट २३ जना महिला १ सय ९१ पुरुष गरी २ सय १४ जना छनौट भई जुम्ला जिल्लामा चार जना महिला २९ जना पुरुष र कालिकोटका लागी १९ महिला ७२ जना पुरुष म्यादी प्रहरी पठाउने निश्चित भएपछी नियुक्ति लिई सकेका केही महिला र पुरुषले आफुलाई दिएको नियुक्तिमा सेवा सुबिधा उल्लेखित नभएको तथा अन्यत्र जान नसकिने भन्दै नियुक्ति फिर्ता गरेका छन ।
दुई महिनाको नियुक्ति र नेपाल प्रहरीको सिपाही सो सहरको सेवा सुविधा दिने हल्लाले म्यादी प्रहरीमा भर्ना भईए पनि अहिले अन्तिम चरणमा नियुक्ति पनि १ महिना १५ दिनको र तलब स्केल समेत नियुक्तिमा उल्लेखित नगराएकोले पछी दिने सेवा सुबिधा पठाएको जिल्लामै सकिने भएपछी आफुहरुलाई जिल्लामै राखिदिन आग्रह गरेको भएपनि जिल्ला प्रहरी कार्यलयले माथिको निर्देशन दिएको भन्दै उम्किन खोजेकाले र नियुक्तिमा सेवा सुबिधा नभएकाले आफु कालिकोट नजाने रोवा गाबिस वडानम्बर ५ का गड बहादुर बुढा बताए । उनले आफु लगायत आठ जना महिला र १५ जना भन्दा बढी पुरुषले नियुक्तिनै फिर्ता गरेको गरेको बताए ।
यता जिल्ला प्रहरी कार्यलयले भने जुम्ला र कालिकोट जिल्लामा मुगुबाट छनौट भएका म्यादी प्रहरी लाई पठाउने कुनै कार्ययोजना नभएको गृह मन्त्रालयको नै कार्यतालिका भएकाले यस्तो गर्नु पर्ने भएको तथा म्यादीले पाउने सेवा सुविधा नेपाल सरकारको नियम अनुसार पाउने जानकारी दिएको छ ।
जिल्ला भन्दा बाहिर खटाउने भए पछि डेढ महिनाको पाउने पारिश्रमिक भन्दा बढि खर्च हुने दुख पनि व्यहोर्नु पर्ने भएकाले आफुले म्यादी प्रहरीको नियुक्ति फिर्ता गरिएको युवाहरुले बताएका छन । उता छनौठ प्रक्रियाबाट उतिर्ण भई नियुक्ति समेत बुझेका केहि युवाहरुले कालिकोट र जुम्ला नजाने भने पछि जिल्ला प्रहरी कार्यालय मुगुले छनौठ चरणमा वैकल्पिकमा रहेकाहरुलाई पठाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..