एक दर्जन सरकारी कार्यालयको अस्थायी मतदाता सुची पेश गर्न बाँकि


मुगु न्युज डट कम,
कार्तिक १ मुगु -----
आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि जिल्लाका एक दर्जन सरकारी कार्यालयहरुले अहिलेसम्म पनि अस्थायी मतदाताको सुचि पेश नगरेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
 जिल्ला विकास समिति , दुर्गाभन्जन गुल्म, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला मालपोत कार्यालय लगायतका एक दर्जन सरकारी कार्यालयले अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने दिन विहिवारसम्म सुचि पेश नगरेको जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेले जानकारी दिए ।
मंसिरमा हुने संविधान सभाको निर्वाचनको समानुपाति निर्वाचनका लागि मात्र सरकारी कर्मचारी , सुरक्षाकर्मिले मतदान गर्न पाउने व्यवस्था छ ।  अस्थायी मतदाताको सुचि पेश गरेका सरकारी कार्यालयका केहि सुचि समेते अधुरो अवस्थामा आएको निर्वाचन कार्यालयले जनाएको छ । सरकारी कार्यालयका प्रमुख तथा जिल्ला बाहिरका कर्मचारी दशै विदामा घर गएका र तल्लो स्तरका कर्मचारीले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी हेरिरहेकाले समेत समस्या भएको जिल्ला शिक्षा कार्यालयका निमित्त प्रमुख एवं सहायक लेखापाल रन बहादुर सेजुवालले बताए ।
 दशैको वेला जिल्ला बाहिरका कर्मचारी विदामा गए पछि स्थानीय कर्मचारीले कार्यालय कुर्ने गरिरहेका छन भने अधिकाशं कार्यालयहरुमा कार्यालय सहायक मात्र छन ।

0 comments

बिचार लेख्नुहोस्..