सहायक तथा श्रेणी विहिन कर्मचारीका लागि दश दिने तालीम सुरु


मुगु न्युज डट कम,
कार्तिक ५ मुगु----------------
कर्मचारी प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरको आयोजनामा मंगलबार देखि सदरमुकाम गमगढीमा नेपाल सरकारका सहायक स्तरका कर्मचारी तथा श्रेणी विहिन कर्मचारीहरुका लागि सुशासन एवं द्रुत अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
प्रशिक्षणका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर बालचन्द्र मिश्र सहितको तिन जनाको टोली मुगु पुगेको छ । नेपाल सरकारका सेवा प्रवाहका क्षेत्रमा गुणस्तरियता कायम गराउन तथा कर्मचारीहरुलाई लाग्दै आएको कामचोर, घुस्याहा, असक्षम भन्ने जस्तो आरोपलाई सहज रुपमा चिर्न सक्ने होस भनेर तालीमको आयोजना गरिएको आयोजकले बताए ।
नेपाल सरकारको सवैका लागि तालीम भन्ने रणनिती अनुसार सार्वजनिक क्षेत्रमा सेवा प्रवाह गर्ने सवै सरकारी निकायका कर्मचारीलाई सेवा प्रवेश गरे देखि सेवा निवृत्त हुँदासम्म १७ प्रकारका तालीम प्रदान गर्ने गरि दुई वर्ष देखि प्रतिष्ठानले काम गर्दै आएको कार्यक्रममा जानकारी गराईएको थियो ।
 सहायक स्तर तथा श्रेणी विहिन गरेर पचास जना भन्दा बढी सरकारी कर्मचारी रहेको तालीमको उदघाटन जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले गरेका थिए ।

0 comments

बिचार लेख्नुहोस्..