१० दिने जुम्ला कथा लेखन यात्रामा वाल साहित्यकारको भेला
मुगु न्युज डट कम,
मुगु कार्तिक ५,------
दश दिने जुम्ला कथा लेखन यात्राका लागि राष्टिय ख्याति प्राप्त
१२ जना बाल साहित्यकार हरुले मंगलबार बाट तिन दिन सम्मका लागि साहित्यिक भेला
गर्ने भएका छन् ।
वाल बाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष एवं सुचना तथा सञ्चारविद्
विनयकुमार कसजुको नेतृत्वमा जुम्ला भित्रिएका अन्य सदस्य हरुमा बरिष्ठ जनगायक
रामकृष्ण दुवाल, अनुसन्धान केन्द्रका सचिव विजयराज आचार्य, बाल साहित्य सर्जक
अनन्त प्रसाद वाग्ले, साहित्यकार मनोजकुमार श्रेष्ठ, चर्चित स्तम्भकार राजेन्द्र
महर्जन, साहित्यकार प्रा.डा. भवानी प्रसाद पाण्डे, बालसाहित्य सर्जक ललिता
दोषी, श्यामकृष्ण खुलीमुली, पलपल दाहाल, प्राध्यापक छायाँदत्त न्यौपाने र
साहित्यकार एवं पत्रकार अभय श्रेष्ठ रहेका छन् । कर्णाली क्षेत्रको इतिहाँस, कला
संस्कृति, भाषा, पर्यटन भूगोल तथा प्राकृतिक सम्पदा लाइ कसरी बाल साहित्यमा
ढाल्ने भन्ने कुराको विषयसुची र सीपका विषयमा स्थानीय १० जना विद्यार्थी एवं
लेखकहरुलाइ हस्तान्तरण गर्ने उद्देश्यले जुम्लामा ३ दिने बाल कथा लेखन कार्यशाला
गोष्ठी सञ्चालन गर्न लागिएको केन्द्रका अध्यक्ष कसजुले बताउनु भयो ।
त्यसैगरी केन्द्रका सचिव आचार्यले स्थानीय उत्पादनलाइ पनि साहित्यमा समेट्नुका
साथै जेष्ठ नागरिक हरुले भन्ने गरेका पुराना लोक कथाहरुलाइ पुनरकथन गरिने
बताउनु भयो । जनगायक दुवालले भने महराजी नगरा बाजा लाइ क्लासिकल बाजाका
रुपमा लिपिबद्ध गराउन स्थानीय साहित्यकार हरुलाइ पनि सुत्र सिकाएर जाने प्रतिबद्धता
गर्नु भयो । देशै भरिका ५ सय बालबालिकालाइ नेपालका विशिष्ठ स्थानका बारेमा
आफ्नो साहित्य लेखन कार्य थालनी गर्न लगाइएको बताइएको छ । अध्यक्ष कसजुले
अर्को पटक लुम्बिनीमा बाल साहित्यकारहरुको कार्यशाला गोष्ठी सञ्चालन गरिने
जानकारी दिनु भयो । साहित्य क्षेत्रमा यो कार्यक्रम कोशेढुंगा सावित हुने यस
क्षेत्रका बुद्धिजीविहरुले आशा गरेको छन्
0 comments
बिचार लेख्नुहोस्..