चार महिना देखि अबरुद्ध हवाई सेवा सुचारु


मुगु न्युज डट कम,
कार्तिक ६ मुगु-----------------
 जेठको अन्तिम साताबाट बनद रहेको ताल्च विमानस्थलमा बुधबार देखि हवाई  सेवा सुचारु भएको छ । धावन मार्गको सुधार कार्य सम्पन्न गर्न एक महिनाका लागि बन्द गरिएको विमान स्थलको हवाई सेवा बर्षाका कारण पाँच महिना पछि सुचारु भएको हो । गोमा एयरको पिलाटस जहाँजले बुधबार नेपालगञ्जबाट परिक्षण उडान गरे पछि हवाई यातायात सुचारु भएको नागरिक उड्यन कार्यालय ताल्च विमान स्थलले जनाएको छ । हिमपात सुरु नहुँदासम्म हवाई सेवा सुचारु हुने छ भने गर्मि सुरु भए पछि विमानस्थलमा कालोपत्रे गर्ने कार्य सुरु हुने कार्यालयले जनाएको छ ।
 लामो समयसम्म हवाई सेवा अबरुद्ध भए पछि मुगुका स्थानीयवासी , विद्यार्थी तथा सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरुले बाजुरा र जुम्लाको पैदल यात्रा गर्नु परेको थियो भने विरामी भएका विरामीले जिल्लामा उपचार हुन नसके पछि हवाई यातायातको अभावमा विच बाटोमा नै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको थियो ।

0 comments

बिचार लेख्नुहोस्..