गैर पत्रकारलाई सदस्यता दिन महासंघमा चलखेल


मुगु न्युज डट कम,
कार्तिक ६----------------
पत्रकार महासंघका सदस्य सुदृढीकरण अभियान चलाएर गैर पत्रकारको सदस्यता खारेज गरी पत्रकार महासंघलाई व्यवसायीक पत्रकारहरुको छाता संगठन बनाउने अभियान चलाएको उदघोष बारम्बार दोहराई रहने नेपाल पत्रकार महासंघले आफैले गैर व्यक्तिलाई पत्रकार महासंघको सदस्यता दिलाउन चहल पहल शुरु गरेको पाईएको छ ।
नेपाल पत्रकार महासंघ मुगु शाखामा आवद्घ पत्रकारहरुको सदस्यता नविकरण र नयाँ सदस्यता प्राप्तिका लागी मंगलवार महासंघ केन्द्रिय कार्यालयमा कागजात बुझाउन पुगेका महासंघ मुगु शाखाका अध्यक्ष राजबहादुर शाहीले जिल्लाबाट सिफारिस नगरीएका पत्रकारको रुपमा जिल्लामा कही कतै कृयाशिल नरहेका व्यक्तिहरुका नयाँ सदस्यताका लागी आवेदन फाईल पेश भएको देखिएपछि उक्त तथ्य खुलासा भएको हो ।
नेपाल पत्रकार महासंघका सम्बन्धित शाखाहरुले गरेको नयाँ सदस्यको सिफारिस बाहेक अन्य कुनै प्रकारका फाईलहरुको प्रक्रिया अगाडी नबढाउने महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँलेले बताए । काम विशेषले सुर्खेत पुगेका अध्यक्ष गाउँलेले भने, म आज सुर्खेतमा छु यो विषयमा क्षेत्रिय समितिमा समेत छलफल भएर केन्द्रिय समितिमा पुग्छ त्यस पछि मात्र यर्थात भन्न सकिन्छ ।
महासंघका केन्द्रीय महासचिव ओम शर्माले आफुलाई त्यस्तो कुनै जानकारी नभएको तथा त्यस्तो हो भने शाखाबाट को व्यक्ति कुन सञ्चार माध्यममा आबद्ध छन छैनन भनेर शनिवार विहानसम्म लेखि पठाएमात्र आफुले अरु कुरा भन्न सक्ने बताए ।
यसरी महासंघको केन्द्रीय कार्यालयमा नयाँ सदस्य पाउँ भनि मुगु शाखाको कुनै सिफारिस विना नै पुगेका आवेदन सहितका फाईलहरुमा यस अघि नै मुगु शाखाबाट नयाँ सदस्यको सिफारिस गरिएका अंगराज बुढा तथा नाम नै सिफासि नभएका लोकनाथ योगी, नौलासिंह नेपाली, लाक्पाफुटिक लामा, लक्ष्मी भाम, अंग कामी, प्रदिप बुढा, कुमार मल्ल, राजेन्द्र बुमी, जयरुप नेपाली, निर्मल कार्की र सुकमाया शाही रहेका छन । यस अघि शाखाले नयाँ सदस्यका लागि सार्वजनिक सुचना जारी गरि जम्मा भएका आवेदन मध्य योग्यता पुगेकाहरुको नाम सदस्यताका लागि सिफारिस गरिसकेको थियो ।


0 comments

बिचार लेख्नुहोस्..