जिल्ला अस्पताल भित्रै म्यादीको आवास
मुगु न्युज डट कम,,,
कार्तिक ५ मुगु-----------------
आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि तालीममा रहेका म्यादी प्रहरीलाई बस्ने आवासको समस्या भएको छ भने पचास जना म्यादी प्रहरीको टोली जिल्ला अस्पताल मुगु भित्रै राख्दा समस्या भएको छ ।
जिल्लाका ५३ मतदान केन्द्रका लागि आवश्यक पर्ने दुई सय चौध जना म्यादी छनौठ गरि जिल्ला प्रहरी कार्यालय मुगुले ३३ जना जुम्ला र १ सय ९१ जनालाई कालिकोट पठाए पछि कालिकोटबाट मुगुका लागि आएका दुई सय चौध जना म्यादी प्रहरीलाई राख्न आवासको समस्या परेको हो । जिल्ला स्वास्थ्य कार्यालय मुगु र जिल्ला अस्पताल एकै ठाउँमा रहेको र अस्पताल हाता भित्र बन्दै गरेको औषधी भण्डारण भवन र तालीम हलमा जिल्ला प्रहरी कार्यालयले पचास जना म्यादी बसाले पछि उपचार गर्न आएका विरामी र स्वास्थ्यकर्मिलाई अप्ठ्यारो भएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
म्यादी प्रहरीलाई राख्ने ठाउँ नभए पछि बाध्यताले पचास जनालाई जिल्ला अस्पतालमा रहेको चमेना गृहमा खाना खाने र खालि रहेको भवनमा सुत्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीले बताए ।
कालिकोटबाट मुगुका लागि आएका १ सय ८५ पुरुष र २९ जना महिला गरि २ सय चौध म्यादी प्रहरीलाई तालीम अबधी भर बस्न भए पछि जिल्ला प्राविधिक कार्यालयको तालीम हलमा ५० जना, जिल्ला प्रहरी कार्यालय भित्र ९९ बजारमा रहेको प्रहरी चौकिमा १५ जना र जिल्ला अस्पतालमा ५० जना म्यादीलाई बस्ने व्यवस्था मिलाईएको छ ।

0 comments
बिचार लेख्नुहोस्..