महिना दिनमा पाँचवटा सफल शल्यक्रिया सम्पन्न


मुगु न्युज डट कम,
कार्तिक ८ मुगु----------------
जिल्ला अस्पताल मुगुमा एक महिना भित्र पाँच जना गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
गएको असोज महिना भित्रमा पाँच जना गर्भवति महिलाको फिलोपेनी गाईनोकोलोजिष्ट डाक्टर वेवीको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेका हुन । २०७० असोज  ६ गते पिना गाविस वडा नम्बर २ टोप्ला गाउँकी धन देवी शाहीको बच्चा आउनु भन्दा अगाडी साल निस्किन लागेको गम्भीर अवस्थामा शल्यक्रिया गरि शाहीको ज्यान जोगिएको थियो । सोहि गाविस वडा नम्बर ४ कि २२ वर्षीया पुनी रावलको गर्भमा नै शिशु मरेर पाठ्यघर च्यातिएको अवस्थामा शल्यक्रिया गरिएको, ४ गते २० वर्षकि शान्ती विटालुको पेटमा उल्टो बच्चा देखिएको, असोज २६ गते श्रीनगर गाविस वडा नम्बर १ कि मनदेवी मल्लको गर्भमा नै बच्चा मरेको तथा पाठ्यघर च्यातिएको र असोज ३१ गते श्रीनगर ५ निवासी विज्ञलक्ष्मी रावलको पेटमा रहेको बच्चा निकै ठुलो रहेको तथा गर्भवति हुने समय गुज्रिए पछि शल्यक्रिया गरि ज्यान जोगिएको जिल्ला अस्पताल मुगुकि सिनियर अनमी सरोजा घिमिरेले बताईन । उनका अनुसार जिल्ला अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था नभईदिएको भए  पाँचै जना महिलाको  ज्यान जाने अवस्था रहेको थियो । अब देखि गर्भवति महिलाले सहज रुपमा प्रसुति सेवा पाउने उनले बताईन ।
 एक वर्षका लागि जिल्ला अस्पतालमा प्रसुति सेवा प्रदान गर्न स्वयम सेवकका रुपमा आएकि फिलोपेनी नागरिक डाक्टर म्यारियो युविको वेवी , ईग्ल्याण्डकि डाक्टर वेक्की प्यारिस र फिलोपेनी स्टाफ नर्श स्मीनो युविको गएको साउनको अन्तिम साता अस्पतालमा नरहेको अवस्थामा गर्भमा शिशु मरेको अवस्थामा जिल्ला अस्पताल पुगेकी रोवा गाविस वडा नम्बर ७ सोभाकि लछुमा बुढाले डाक्टरको अभावमा १५ दिनसम्म महंगो शुल्कमा गमगढीको निजी अस्पतालमा उपचार गराएर घर फर्केकै दिन ज्यान गुमाउन पुगिन ।
 अहिले जिल्ला अस्पतालमा प्रसुति सेवा विशेषज्ञ कार्यरत रहेकाले प्रसुति सेवा प्रदान गर्न सहज भएको जिल्ला अस्पतालले जनाएको छ । जिल्लाका २४ वटा गाविसमा रहेका २४ वटा स्वास्थ्य चौकि , एउटा प्राथामिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पताल  रहेकोमा ९ वटा प्रसुतिगृह रहेका छन । जसमा जिल्ला अस्पतालमा शल्यक्रिया सहितको प्रसुति सेवा प्रदान गरिदै आएको भए पनि अन्य प्रसुतिगृहमा जनशक्ति , उपकरणको अभावमा परामर्श सेवा मात्र सञ्चालन भएको र अब छिट्टै ति प्रसुति गृहमा प्रभावकारी प्रसुति सेवा सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख रोशन लाल चौधरीले बताए ।
गएको बैशाख महिनाको अन्त्य देखि जिल्ला अस्पताल मुगुमा नेपाल रेडक्रस सोसाईटीको संयुक्त प्रयासमा रक्त संचार केन्द्रको स्थापना भए पछि आपतकालिन अवस्थामा रगत दान गर्नु पर्ने विरामीका लागि सहज भएको थियो भने प्रसुती सेवाका लागि जिल्ला अस्पताल मुगुमा स्वयम सेवकका रुपमा फिलोपेनी प्रसुति सेवा विशेषज्ञले प्रसुति सेवा प्रदान गरिरहेका छन ।


0 comments

बिचार लेख्नुहोस्..