हेलिकप्टर चार्टर गरेर जिल्ला पुगे उम्मेदवारहरु
मुगु न्युज डट कम,,,,
असोज १६ मुगु ---------
आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनमा प्रत्यक्ष्य निर्वाचन तर्फ उम्मेदवारको टिकट पाएका काँग्रेस एमालेका उम्मेदवारहरुले काठमाण्डौंबाट डाईनेष्टी एयरको नाईन एजियु हेलिकप्टर चार्टर गरेर बुधवार सदरमुकाम गमगढी पुगेका छन । हेलिकप्टरले काठमाण्डौबाट मुगु पुगेर फर्किन ६ लाख रुपैयाँ लिने गरेको छ ।
केहि दिनसम्म उम्मेदवारको टुंगो नलाग्दा अन्यौलमा रहेका काँग्रेस एमाले समर्थकका कार्यकर्ताहरुलाई चुनावी माहौलले छोएको छ । विहिबार प्रत्यक्ष निर्वाचन तर्फको चुनावका लागि उम्मेदवारी मनोनयन गर्ने मिति नजिक आए पछि नेपाली काँग्रेसमा प्रत्यक्षको टिकट पाएका ऐन बहादुर शाही र नेकपा एमालेमा प्रत्यक्षको टिकट पाएका मोहन बाँनियाले काठमाण्डौबाट हेलिकप्टर चार्टर गरि गमगढी पुगेका हुन ।
उनिहरुसंग काँग्रेसबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवारको टिकटको एक नम्बर सुचिमा रहेका हस्त बहादुर मल्ल, र एमालेका प्रत्यक्ष निर्वाचनको उम्मेदवारका दावेदार गोपाल बम समेत हेलिकप्टर मार्फत जिल्ला आएका हुन । जिल्लामा प्रतिष्पर्धीका रुपमा दावेदार देखिएका दुवै दलका उम्मेदवार र अन्य नेता एउटै हेलिकप्टर चार्टर गरि जिल्ला आए पछि दलहरु बिच चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न गर्न दलहरुले आपसी समन्वयमा जोड दिएको केहिले अनुमान गरेका छन । हेलिकप्टर महाकाली उच्च माविको चौरमा नआउदै दुई घण्टा अघि नै काँग्रेस एमाले कार्यकर्ता आफ्नो पाटीको झण्डा सहित पुगेका थिए । नेताहरु हेलिकप्टरबाट झरेपछि जम्मा भएका कार्यकर्ताहरुले नारा जुलुश गरि अलग अलग बजार परिक्रमा गरेका थिए ।
संविधान सभाको निर्वाचनमा एकिकृत माओवादीबाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारको टिकट पाएका सुकविर बुढा, अखण्डका दर्ज बहादुर भाम, राष्टिय प्रजातन्त्र पाटीका राज बहादुर मल्ल, लगायत अन्य दलहरुका उम्मेदवार जिल्ला पुगिसकेका छन । बिहिवार प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने मिति तोकिए पछि जिल्लाका प्रमुख राजनितिक दलहरुले मनोनयन दर्ता गर्ने बेला नारा जुलुश सहित आफ्नो पाटीको जनमत प्रदर्शन गर्ने गरि तयारी गरिरहेका छन ।

0 comments
बिचार लेख्नुहोस्..