एक सचिवलाई दश गाविसको जिम्मेवारी
मुगु न्युज डट कम,,,,
असोज १७ मुगु ----
दशै नजिकिदै गर्दा जिल्ला बाहिर घर भई मुगुका विभिन्न गाविसमा कार्यरत गाविसहरुका सचिवहरु दशैं मनाउन हिडे पछि स्थानीय सचिवले दशवटा गाविसको जिम्मेवारी समहालेका छन ।
जिल्ला भित्रका स्थानीयवासी गाविस सचिवमा थोरै मात्र रहेका र बाहिर घर भई गाविस सचिवमा कार्यरत भएका सचिवहरु चाड पर्व तथा अन्य वेला विदामा जाँदा सवै गाविसको जिम्मेवारी स्थानीय सचिवले हेर्ने गरेका छन । दशै मनाउन सचिवहरु हिडे पछि कार्कीवाडा गाविसका सचिव रेशम बहादुर रावलले अहिले दश गाविसको जिम्मेवारी सम्हालि रहेका छन । उनले अहिले किम्री, पिना, कार्कीवाडा,खमाले,कोटडाँडा,धैनकोट,जिमा, नार्थपु र कालै गाविसको जिम्मेवारी हेरिरहेका छन ।
चुनावको वेला र दशैको किनमेल गर्न गाउँ बाट स्थानीयवासी सदरमुकाम आएकाले अहिले विहानै देखि गमगढीमा रहेको सम्पर्क कार्यालयमा भिडभाड निकै बढैको रावलले बताए । उनले भने दशैको वेला विदामा जाने साथीहरुले जिम्मेवारी दिए पछि लिदैन भन्न मिलेन , बर्ष दिनमा आउने पर्व सवैको हो । स्थानीय भएकाले कामको जिम्मेवारी लिनु पर्ने हुन्छ ।
गाविस सचिव हकहित संरक्षण मञ्चका अध्यक्ष एवं रुगा गाविसका सचिव जगत बहादुर रोकायाले पनि पाँच गाविसको जिम्मेवारी हेरेका छन । त्यस्तै विश्वरुप बुढा, प्रदिप रावल, तिर्थराज शाही , भरत शाहीले पनि आफ्नो बाहेक अन्य गाविसको जिम्मेवारी हेरिरहेका छन ।
0 comments
बिचार लेख्नुहोस्..