दलबल सहित मनोनयन दर्ता


मुगु न्युज डट कम,
असोज १७ मुगु------
 विहिबार जिल्लाका राजनितिक दलहरुले नारा जुलुश सहित दलबलका साथ प्रत्यक्ष निर्वाचनका लागि  उम्मेदवारको मनोनयन दर्ता गराएका छन ।
विहान दश बजे देखि वेलुकि पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गराउने कार्य तालिका अनुसार दलहरुले विहान १२ बजे देखि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारको मनोनयन दर्ता गरेका हुन । दिन भरि झरि परे पनि दलहरुले नारा जुलुश सहित बजार परिक्रमा गरि मनोनयन दर्ता गरेका हुन । आगामी मंसिर चार गते हुने भनिएको निर्वाचनका लागि मुख्य प्रतिस्पर्धि देखिएका दल काँग्रेस र एमालेका नेता कार्यकर्ता आमने सामने हुन पुगे पछि एक अर्का प्रति लक्ष्यीत गर्दै चर्को नाराबाजी गरेका थिए ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको काँग्रेसका उम्मेदवारी मनोनयन दर्ता गर्न नभ्याउदै एमालेको जुलुस पुगेको थियो । दवै तर्फ चर्का नारा लागे पछि बाक्लो रुपमा उपस्थित भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले दवै तर्फका कार्यकर्तालाई नजिक हुनबाट रोकेका थिए । आधा घण्टा पछि नेपाली काँग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार ऐन बहादुर शाहीको टोली मनोनयन दर्ता गरेर बाहिर निस्के पछि एमालेका उम्मेदवार मोहोन बाँनियाको टोली मुख्य निर्वाचन अधिकृतको कार्यालय भित्र छिरेको थियो ।
मोहोन बाँनियाको प्रस्तावकमा गोपाल बम र सर्मथकमा एमाले पाटी सचिव  जित बहादुर मल्ल बसेका छन । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार ऐन बहादुर शाहीको प्रस्तावकमा पाटी उप सभापति पदम बहादुर रावल र सर्मथकमा तरुण दल मुगुका पुर्व संयोजक मञ्जन कार्की रहेका छन ।
 नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राष्ट्रिय अखण्ड पाटी, राष्टिय प्रजातन्त्र पाटी, नेकपा माले, राष्टिय जनमोर्चा ,राप्रपा नेपाल , सप्रजपा पाटी, मधेसशी जन अधिकार फोरम लोकतान्त्रिक पाटी  लगायतका दलहरुले  उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । संघीय समाजवादी पाटीबाट प्रत्यक्ष तर्फ उम्मेदवारी मनोनयन दर्ता गर्न पुगेका जानदत्त भट्टको भने मतदाता नामावलीमा नाम दर्ता नभएको पाईए पछि उम्मेदवारी दर्ता हुन सकेन ।

0 comments

बिचार लेख्नुहोस्..