जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोगिता सुरु


मुगु न्युज डट कम,
कार्तिक १५ मुगु -------
 दशै तथा दिपावलीको अवसरमा सदरमुकाम गमगढीमा शुक्रबार देखि जिल्ला स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
कर्णाली एकिकृत महिला विकास मञ्च र अन्तर पाटी महिला सञ्जाल मुगुको आयोजनामा सुरु भएको प्रतियोगितामा सातबटा पुरुष समुह र पाँच वटा महिला समुह गरेर बाह्रवटा समुह सहभागि भएको आयोजकले बताएका छन । जिल्ला विकास समिति मुगु, श्रीनगर गाविसको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लामा अहिलेसम्म सार्वजनिक मञ्च र खेलमैदानको अभाव छ ।
खेल मैदानको अभाव बिचमा जिल्ला खेलकुद विकास समिति मुगुले आफ्ना कुनै पनि खेल गतिविधी नगरे पनि संघ संस्था र क्लबको अग्रसरतामा जिल्लामा भलिबल, फुटबल प्रतियोगिताको आयोजना गरिदै आएको छ ।

0 comments

बिचार लेख्नुहोस्..