दुई लाख बढिको अबैध चिनियाँ मदिरा नष्ट


मुगु न्युज डट कम,
असोज १८ मुगु ----------------
  एक हप्ता अगाडी बरामद गरिएको मुगुको सिमासंग जोडिएको तिब्बतबाट अबैध रुपमा सदरमुकाम गमगढी तर्फ ल्याईदै गरेको अबैध चिनियाँ मदिरा शुक्रबार नष्ट गरिएको छ ।
 एक हप्ता अगाडी १३ वटा खच्चडमा बोकाएर गमगढी तर्फ ल्याईदै गरेको अबैध मदिरा प्रहरीले बरामद गरेको थियो । शुक्रबार कोष तथा लेखा नियन्त्रण कार्यालयले , स्थानीय प्रशासन, प्रहरी , पारालिगल कमिटी , उद्योगि व्यापारीहरुको मुचुल्का गरेर जिल्ला प्रहरी कार्यालय मुगुमा नष्ट गरिएको हो ।
 २६ वटा बोरामा रहेको ८ सय ६४ बोतल चिनियाँ मदिरा नष्ट गरिएको मदिराको चिनमा प्रति बोतल एक सय रुपैयाँ पर्ने र गमगढीमा तिन सय पर्ने गरेको छ । तिन लाख ६० हजार बराबरको अबैध मदिरा नियन्त्रण गरिए पनि यो वर्ष तिब्बतबाट चार करोड बराबरको अबैध मदिरा जिल्ला भित्रिएको बताईएको छ ।
 मदिरा नियन्त्रणमा लिए पछि मदिरा फिर्ता गर्न धेरै दवाव आएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कोष नियन्त्रक गोविन्द  सुवेदीले बताए । अहिले जिल्लामा अबैध चिनियाा मदिरा  तथा घरेलु मदिरा नियन्त्रण गर्ने अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहर िनायब निरिक्षक पुष्कर केसिले बताए ।

0 comments

बिचार लेख्नुहोस्..