म्यादी प्रहरी छनौठ कार्य जारी


मुगु न्युज डट कम,,,,,
असोज १८ मुगु ---------------
 आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि सुरु भएको म्यादी प्रहरी छनौठ कार्य जारी रहेको छ ।
 जिल्लाका लागि सुरुमा दुई सय चौध जना म्यादी प्रहरी छनौठ गर्ने भनिए पनि पछिल्लो समयमा २६ जनाको कोटा थप भएको बताईएको छ । म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा नौ सय चौसट्ठी जनाको दरखास्त परेको थियो । सुरुको छनौठ प्रक्रियाबाट तिन सय बढी बाहिरिएका छन भने अन्यको छनौठ प्रक्रिया जारी रहेको छ ।
 सुरुमा कर्णाली अञ्चलका लागि जुम्लामा छनौठ गर्ने भनिए पनि दुर्गमका कारण असजिलो हुने भए पछि गृहले जिल्लामा नै छनौठ गर्न निर्देशन दिए पछि मयादीको छनौठ कार्य जिल्लामा नै भईरहेको छ । म्यादी प्रहरीका लागि १८ वर्ष देखि ५० वर्षसम्मका व्यकितबाट आवेदन माग गरिएको थियो ।

0 comments

बिचार लेख्नुहोस्..