एच आई भि सम्बन्धि सडक नाटक प्रर्दशन


मुगु न्युज डट कम ,
असोज १९ मुगु-------
एच.आई.भि.,एडस तथा यौन रोग न्युनिकरणका लागि सदरमुकाम गमगढीमा जनचेतना मुलक सडक नाटक ( प्रदेश ) को प्रर्दशन गरिएको छ ।
 मानव अधिकार तथा वातावरणिय विकास केन्द्र मुगुको सहयोगमा कर्णाली थिएटर मुगुको आयोजनामा बजारको बिचमा रहेको मिलन चोकमा नाटकको प्रर्दशन गरिएको हो । विशेष गरेर कामको खोजीमा प्रवासमा गएका युवाहरुले जानी वा नजानी असुरक्षित यौन सम्पर्क गरेर घर फर्किदा आफ्नै श्रीमती अन्य दौतरीसंग यौन सम्पर्क राख्दा योन जन्य रोगको संक्रमण तथा एच.आई. भि. हुन सक्ने भएकाले जथाभावी यौन सम्पर्क गर्न नहुने सन्देश नाटकमा प्रस्तुत गरिएको थियो । जिल्लाबाट कामको खोजिमा भारतका विभिन्न स्थानमा पुग्ने युवा र तिनका परिवारहरु तथा सवैले आफुलाई यौन रोगका लक्षण देखिए वा शंका लागे स्वास्थ्यकर्मिको परामर्श र उपचार गर्न सहयोग पुग्न सकोस भनेर नाटक प्रर्दशन गरिएको कलाकार हिरा बिजुली नेपालीले बताए ।
 जिल्लाबाट कामको खोजिमा भारत पस्ने युवाको संख्या धेरै रहे पनि अहिलेसम्म एच.आई. भि. संक्रमितको संख्या एक मात्र छ । जिल्लामा एच. आई.भि. तथा यौन रोग समबन्धि परामर्श केन्द्र र रक्त परिक्षण केन्द्र नहुँदा संक्रमित र रोगीको पहिचान हुन नसकेको स्वास्थ्यकर्मिको भनाई रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..