एमाओवादीद्धारा चुनावी रणनितिक योजना सार्वजनिक
मुगु न्युज डट कम,
असोज १९ मुगु ----
एकिकृत नेकपा माओवादी मुगुले आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनका लागि आफ्नो चुनावी रणनिति शनिवार सार्वजनिक गरेको छ ।
गमगढीमा रहेको पाटी कार्यालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो चुनावी रणनिति सार्वजनिक गरेको छ । उसले हिन्दुहरुको महान चाड बडा दशैका बेला गाउँ घरमा गएर टिका जमरा र शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने जनाएको छ । दशै पछि कार्तिक तिन गतेसम्म पाटीका सम्पुर्ण कार्यकर्ताहरु गाउँमा परिचालन गर्ने एमाओवादीका मुगु जिल्ला संयोजक अज बहादुर शाहीले बताए । उनले भने , कार्तिकको समय भनेको किसानहरुले पाकेको बाली काट्ने समय हो हामीले सबै कार्यकर्तालाई दिन भरि किसानका खेत गह्रामा गएर धान , कोदो ,घास काट्ने , बोक्ने र वेलुकी गाउँमा बसेर चुनावका बारे भला कुसारी गर्ने गरि जिम्मेवारी समेत तोकि सकिएको छ ।
कसैले चुनावी अभियानमा अबरोध गर्छ भने उ जनताबाट आफै नांगिने छ शाहीले नेकपा माओवादीलाई लक्ष्यीत गर्दै भने , कसैले चुनावमा खटिएका कार्यकर्ता माथी आक्रमण गर्छ भने हामी त्यसको सशक्त प्रत्याक्रमण गर्छौ । असोज १८ र १९ गते बसेको पाटीको पहिलो विस्तारित बैठकले चुनावका लागि गाउँ गाउँमा गएर भित्ते लेखन, पर्चा पम्पलेट ,भेट घाट, अन्तरक्रिया, सभा, घर दैलो अभियान सञ्चालन गर्ने तथा त्यसका लागि सवै गाविसमा जिम्मेवारी बाँडफाँड गरिएको एनेकपा माओवादीले जनाएको छ । संघीयताका पक्षमा रहेका राजनीतिक दलहरुले कार्यगत एकता गर्न चाहेमा एमाओवादी तयार रहेको र चुनावका वेला राजनीतिक दलहरु विच हुन सक्ने विवाद , द्धन्द्ध समाधान गर्न शाहीको संयोजकत्वमा तिन सदस्यीय वार्ता समिति समेत गठन गरेको एमाओवादीले पत्रकार सम्मेलनमा जानकारी गरायो । शुक्रबार आगामी मंसिरमा हुने संविधान सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवार दर्ता गराएका राजनितिक दलका उम्मेदवारहरुलाई नेकपा माओवादीले उम्मेदवारी फिर्ता गर्न लेखिएको पत्र प्रति विरोध जनाउदै एनेकपा माओवादीले संविधान निर्माण गर्ने कार्यमा सबै एक हुन आग्रह समेत गरेको छ ।
यता संविधान सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गरि सकेपछि जिल्लामा काँग्रेसको गतिविधि केहि देखिएको छैन भने नेकपा एमालेको शुक्रवार बसेको बैठकले असोज ३१ गते पाटीको विस्तारित बैठक आयोजना पछि मात्र चुनावी रणनिति योजना बनाई सार्वजनिक गर्ने निर्णय गरेको छ ।

0 comments
बिचार लेख्नुहोस्..