विद्यालय नगएरै तलब खाए शिक्षकले
मुगु न्युज डट कम,
कार्तिक १२ मुगु------
जिल्लाको रोवा गाविसमा सञ्चालित एक सरकारी विद्यालयका शिक्षकले विद्यालयमा नपढाए पनि तलब खाने गरेको खुलेको छ ।
सदरमुकाम देखि डेढ घण्टा पैदलमा पुगिने धर्मोदयो प्राथामिक विद्यालय आटिखोलाका प्रधाना ध्यापक भिम बहादुर शाही विद्यालयमा नजाने गए पनि अत्याधिक रुपमा मदिरा सेवन गरेको अवस्थामा जाने र तलब भने नियमित लिईरहेको विद्यालयले जनाएको छ ।
प्रधाना ध्यापक शाही साउनको १५ गते देखि असोजको पहिलो हप्तासम्म पनि विद्यालयमा हाजिर नभए पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हाजिरीमा अनुपस्थितको चिन्ह लगाएका थिए तर हाजिरीमा अनुपस्थितको चिन्ह लगाए पनि शाहीले हाजिरी किताब अहिलेसम्म लुकाएको र तलब समेत बुझिसकेको विद्यालयका एक शिक्षकले जानकारी दिए । विगतमा विद्यालयमा गएर काम नगरेको भन्दै शाहीलाई जिल्ला शिक्षा कार्यालय मुगुमा बोलाए पनि शाहीउपस्थित नभए पछि कारवाही प्रक्रिया अघि बढाउदा शाही हराएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
त्यसरी शाही कार्यालयमा पनि नआउने विद्यालयमा पनि नजाने भए पछि अर्को विद्यालयबाट शिक्षक काजमा खटाएर विद्यालय सञ्चालन गर्नु परेको जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले बताए । उनले भने शाहीलाई कार्यालयले कारवाही गर्छ तर हाजिर नभएको , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैले हाजिर नभएको भन्दै चिन्ह लगाए पनि तलब विद्यालयको खाताबाट कसरी झिके त्यो अध्यक्षको जिम्मेवारी हुन्छ ,चेकमा अध्यक्षको नै हस्ताक्षर हुन्छ ।
शाही यो भन्दा अगाडी सोही गाविसको प्रावि घट्टलेखमा कार्यरत हुँदा पनि यस्तै व्यवहार गरेपछि धेरै पटक तलब समेत रोक्का गरिएको थियो भने कारवाही स्वरुप सरुवा समेत गरिएको थियो ।
0 comments
बिचार लेख्नुहोस्..