सबै भन्दा कान्छा उम्मेदवार


मुगु न्युज डट कम
मुगु २० असोज
आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि मुगु जिल्लाबाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका विस जना उम्मेदवार मध्य जनजागरण पाटीका उम्मेदवार सवै भन्दा कम उमेरका रहेका छन ।
श्रीनगर गाविस वडा नम्बर ३ का स्थानीयवासी २५ वर्षका आशिष कुमार मल्ल संविधान सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवार मध्य सवै भन्दा कान्छो हुन । प्रमाण पत्र तह उतिर्ण गरेका मल्लको पारिवारिक पृष्ठभुमि काँग्रेस भए पनि राजनीतिक अनुभवका लागि आफुले जन जागरण पाटीका तर्फबाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनेको मल्लले बताए ।
कर्णाली नाट्य समुहका अध्यक्ष रहेका मल्ल राम्रो अभिनय गर्ने कलाकारका रुपमा गनिन्छन । आर्टलाई व्यवसायका रुपमा अँगालेका मल्लले १९ जना प्रत्यक्षका उम्मेदवार मध्य नेकपा मालेका तर्फबाट प्रत्यक्षका लागि उम्मेदवारी दिएका आफ्नै जेठा दाजु हंश बहादुर मल्लसंग पहिलो प्रतिस्पर्धा गर्ने छन । उनले भने , धेरै उम्मेदवार भन्दा मेरो मत बढि आउछ किन भने मैले गाउँ गाउँमा नाटक लिएर जाँदा मेरै उम्मेरका युवा साथीहरुको मलाई सहयोग छ ।
नयाँ तथा पुराना दलहरुले जनतासंग मत माग्ने फरक फरक शैलि अपनाएका छन । एकिकृत माओवादीले कामको समय भएकाले जनताको खेतवारीमा नै पुगेर काममा सहयोग गर्ने भएको छ भने काँग्रेस र एमालेले घर दैलो अभियान सञ्चालन गर्ने जनाएका छन ।

0 comments

बिचार लेख्नुहोस्..