साना दलको उम्मेदवारी फिर्ता गराउने प्रयासमा ठुला दलहरु


सुमन मल्ल,
असोज २० मुगु------
 संविधान सभाको निर्वाचनमा मुख्य प्रतिस्पर्धी मानिएका काँग्रेस र एमालेले साना दलहरुबाट उम्मेदवारी दिएका उम्मेदवारलाई मतको सहि सदुपयोग गर्न भन्दै  उम्मेदवारी फिर्ता गराउने तर्फ प्रयास गरिरहेका छन । साना दलहरुले जसरी हुन्छ काँग्रेस , एमाले र एमाओवादीका मत काट्ने भन्दै साझा अभियान थालेका छन ।
एमाले स्रोतका अनुसार एमाले सर्मथक भएर फरक दलबाट उम्मेदवार बनेका चार जनालाई सहयोग गर्न भन्दै उम्मेदवारी फिर्ता गराउने पहल सुरु भएको छ । राष्ट्रिय यर्थातवादी पाटीका कर्ण बहादुर खड्का, नेपाल परिवार दलका केशर सिंह कामी, शिव सेना नेपालका पुर्ण बहादुर बुढा र सहकारी पाटी नेपालका कर्ण सिंह कुलाललाई उम्मेदवारी फिर्ता गराउन प्रयास भईरहेको छ । स्रोतका अनुसार ति उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न अनुरोध गरिएको छ भने  उनिहरुसंग एक चरणको भेटघाट र छलफल गर्दा सकरात्मक आश्वासन आएको बताईएको छ ।
काँग्रेस स्रोतका अनुसार मधेशी जनअधिकार फोरम ( लोकतान्त्रिक ) का नन्द प्रसाद आचार्य, खस समावेशी पाटीका भक्त बहादुर शाही, जन जागरण पाटीका आशिष कुमार मल्ल, नेपाल राष्ट्रवादी पाटीका धनमानसिंह मल्लको उम्मेदवारी फिर्ता गराउने प्रयास भईरहेको छ ।
यसरी काँगे्रस,एमालेको उम्मेदवारी फिर्ता अभियान सफल भएमा जिल्लामा निर्वाचनमा भाग लिने दल बाह्र वटा मात्र हुने छन । यसरी ठुला दलले उम्मेदवारी फिर्ता गराउने प्रयास सुरु गरे पछि साना दलका उम्मेदवारले पनि यसलाई लेनदेनको मौका भनेका छन ।

0 comments

बिचार लेख्नुहोस्..