एक वडामा तिन जना उम्मेदवार
मुगु न्युज डट कम,
मुगु २२ असोज----------
आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनका लागि मुगुको सदरमुकाम गमगढीसंग जोडिएको श्रीनगर गाविसको वडा नम्बर ३ मा तिन जना उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गर्ने छन भने यो गाविसमा मात्रै पाँच जना उम्मेदवार विच प्रतिस्पर्धा हुने भएको छ ।
गाविसको ३ नम्बर वडामा नेकपा मालेका हंश बहादुर मल्ल , राष्टिय जन जागरण पाटीका आशिष कुमार मल्ल र राष्टिय प्रजातनत्र पाटी नेपालका डिल विक्रम मल्लले संविधान सभाको प्रत्यक्ष निर्वाचनमा चुनाव लड्ने भएका छन । वडा नम्बर ३ मा कुल मतदाताको संख्या एक सय अन्ठाउन्न रहेको छ । श्रीनगर गाविस भरिमा १ हजार ४ सय ५८ मतदाता संख्या रहेको छ भने प्रत्यक्ष तर्फ पाँच जना उम्मेदवार रहेका छन । वडा नम्बर ३ बाट तिन जना तथा ५ नम्बरमा राष्टिय जनमुक्ति पाटीका प्रेम बहादुर मल्ल र वडा नम्बर ७ मा नेमकिपाबाट विष्णु बहादुर रावल गरि पाँच जना उम्मेदवार विच चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन ।
सदरमुकामसंग जोडिएको अर्को गाविस कार्कीवाडामा पनि तिन जना उम्मेदवारले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन । नयाँ राजनितिक शक्तिका रुपमा देखिएको अखण्ड नेपालका तर्फबाट गाविसको वडानम्बर १ मा दर्ज बहादुर भाम, सोहि वडामा राष्टिय जनमोर्चा बाट राज बहादुर भाम र वडा नम्बर ८ बाट मधेशी जनअधिकार फोरमका देवप्रसाद बुढाले संविधान सभाको प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन ।
धैनकोट गाविसमा मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक) बाट नन्दप्रसाद आचार्य र नेपाल राष्टवादी एकता पाटीबाट धनमानसिंह मल्लले प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन ।
0 comments
बिचार लेख्नुहोस्..