चुनावी कार्य विभाजन गरि गाउँ पस्यो काँग्रेस÷एमालेलाई चुनौति
मुगु न्युज डट कम ,,,
कार्तिक ८ मुगु-----------------
आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि नेपाली काँग्रेस मुगुले कार्य विभाजन गरि चुनावी अभियान सञ्चालन गर्न शुक्रवार देखि गाउँ पसेको छ ।
विहिबार बसेको काँग्रेस कार्य समितिको बैंठकले संविधान सभा निर्वाचनका लागि अभियान सञ्चालन गर्न पाटी उप सभापति पदम बहादुर रावलको नेतृत्वमा गम भेग, पाटी सचिव रतन बहादुर शाहीको नेतृत्वमा खत्याड भेक त्यस्तै अर्का पाटी सचिव लोग बहादुर शाहीको नेतृत्वमा सोरु भेक र प्रत्यक्ष तर्फका उम्मेदवार छिरिङ्ग क्याप्ने लामाको नेतृत्वमा करान भेकमा अभियान सञ्चालन गर्ने गरि कार्य विभाजन गरि सम्बन्धित क्षेत्रमा टोलि शुक्रबार नै हिडि सकेको नेपाली काँग्रेस मुगुका सह सचिव एवं पाटी प्रवक्ता खगेन्द्र बहादुर मल्लले जानकारी दिए । प्रत्यक्ष तर्फका उम्मेदवार ऐनबहादुर शाही र पुर्व शिक्षा राज्य मन्त्रि समेत बनेका हस्त बहादुर मल्लको टोली जिल्लाका सबै क्षेत्रमा जाने निर्णय भएको प्रबक्ता मल्लले बताए ।
यता सदरमुकाम गमगढी आसपासका गाविसहरुमा चुनावी अभियानका क्रममा घर दैलो अभियान चलाई रहेका एमाले उम्मेदवार मोहन बाँनियाले मुख्य प्रतिस्पर्धी काँग्रेस उम्मेदवार शाहीसंको प्रतिस्पर्धासँगै आफ्नै भेकमा दुई अरु उम्मेदवारसंग समेत प्रतिस्पर्धा गर्ने भएका छन । बाँनियाको जन्म स्थान रहेको जिल्लाको पश्चिम भेग खत्याडमा ७ हजार ६ सय ६९ मतदाता रहेका छन भने उनिसंग तेस्रो प्रतिस्पर्धी एमाओवादीका सुकविर बुढा र राष्ट्रिय प्रजातन्त्र पाटीका राजबहादुर मल्लले प्रतिस्पर्धा गर्दै छन । २०६४ सालको निर्वाचनमा दोस्रो स्थानमा रहेको एमालेलाई आगामी मंसिर चार गते हुने निर्वाचनमा समेत चुनौती देखिएको छ । काँग्रेस उम्मेदवार शाहीको चुनावी परिणाम के हुने भन्ने कुरा सबै भन्दा बढि मत रहेको सदरमुकाम गम भेकले निर्धारण गर्ने देखिएको छ ।
सोरु भेग जन्म स्थल भएका काँग्रेस उम्मेदवारको सोरु भेगमा ५ हजार ४ सय ३४ मतदाता छन भने उनको भेगमा अरु कोही उम्मेदवार छैनन । त्यस्तै सबै भन्दा बढि ८ हजार ९ सय ७४ मतदाता रहेका सदरमुकाम गमगढीमा नयाँ राजनीतिक शक्तिका रुपमा देखिएको अखण्ड पाटीका दर्ज बहादुर भाम र अन्य दर्जन जति साना दलहरुका
उम्मेदवारहरु चुनावी मैदानमा छन । एक मात्र समानुपातिकको उम्मेदवार छिरिङ्ग क्याप्ने लामा पाएको जिल्लाको पुर्वि भेक करान भेकमा अन्य कुनै उम्मेदवार छैनन भने मतदाता संख्या २ हजार ७ सय ४१ रहेको छ ।
0 comments
बिचार लेख्नुहोस्..