मुगुमा त्रिपक्षिय प्रतिस्प्रर्धा हुदै÷विगतको साख जोगाउन खोज्दै दलहरु
मुगु न्युज डट कम-----
मुगु १५ कार्तिक-----------------
आगामी मंसिर ४ गते हुन गईरहेको अर्को संविधानसभा निर्वाचनमा मुगुबाट १७ वटा राजनैतीक दलहरुले प्रतक्ष्य तर्फ निर्वाचनका लागी आफना उम्मेदवारहरु चुनावी मैदानमा उत्तारे पनि प्रमुख तिन दल काँगे्रस,एमाले र एमाओवादी बिच नै त्रिपक्षीय प्रतिसप्रर्धा हुने देखिएको छ ।
तिनै दल मध्य काँगे्रसले २०४८ संसदीय र २०५१ को मध्यावदि निर्वाचन,एमालेले २०५६ को संसदीय निर्वाचन र एमाओवादीले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जित हात पारेका थिए । २०६४ को निर्वाचनमा जितेका नवराज धामी हाल नेकपा माओवादीमा छन । त्यो निर्वाचनमा माओवादी उम्मेदवारले १० हजार १ सय मत पाएर विजयी भएका थिए भने एमाले उम्मेदवार चन्द्रबहादुर शाहीले धामी भन्दा ३ हजार १ सय ५७ कम मत ६ हजार ९ सय ४३ मत ल्याई प्रतिस्प्रर्धी भएका थिए । उता दुई संसदिय निर्वाचन जितेको काँगे्रसले एमाले भन्दा ७ सय ३५ कम मत ६ हजार २ सय ८ मत ल्याएर तेसो्र स्थान मै चित्त बुझाउनु परेको थियो । प्रमुख तिन दल बाहेक उक्त चुनावमा भाग लिएका अन्य आठ दलहरुले १५ सय मत पाएका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा ३३ हजार ७ सय २० मतदाता थिए भने निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली लागु गरे पछि यो संविधानसभामा २३ हजार ८ सय १८ मतदाताहरुले मतदान गर्दैछन ।
जिल्लामा रहेका चार भेगमध्य काँगे्रस उम्मेदवार ऐन बहादुर शाहीको स्थायी बसोबास रहेको सोरुभेगमा ५ हजार ४ सय ३४ मतदाता रहेका छन । उनीसंगै उक्त भेगबाट मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नन्द प्रसाद आर्चाय जैशीको पनि उम्मेदवारी छ । जैशी काँगे्रसका पुर्व कार्यकर्ता भएकाले शाहीका मत काटने देखिन्छ तर काँगे्रस उम्मेदवार शाही जैशीको उम्मेदवारीले काँगे्रसका मतदातामा कुनै प्रभाव नपार्ने बताउ छन ।
एमाले उम्मेदवार मोहन बानियाँको गृह भेग खत्याडमा ७ हजार ६ सय ६९ मतदाता रहेका छन उक्त भेगबाट एमाओवादीका उम्मेदवार सुकविर बुढा र राष्टिय प्रजातन्त्र पाटीका राज बहादुर मल्लको समेत उम्मेदवारी छ । पहिलो संविधानसभा निर्वाचनमा जितेको दलका उम्मेदवारसंग आफनै भेगमा उनले प्रतिसप्रर्धा गर्नु पर्ने छ ।
अर्का प्रतिस्प्रर्धी एमाओवादीका उम्मेदवार सुकविर बुढालाई अघिल्लो निर्वाचनमा आफनो पाटीले जितेको साख जोगाउन आफनो भेगमा कडै मेहनत गर्नु पर्ने छ । अघिल्लो संविधानसभा चुनावमासंगै हिडेका सहपाटीहरु अधिकांश चुनावको बहिस्कारमा रहेको मोहन वैद्य माओवादीमा गएका र अर्का शसक्त एमाले उम्मेदवार बाँनिया रहेकाले पनि उनलाई चुनौती छ । जिल्ला स्तरका कार्यकर्ता माओवादीमा गए पनि कार्यकर्ता स्तरमा विचलन नआएकोले आफुलाई सामान्य असर मात्र पर्ने एमाओवादी उम्मेदवार बुढा बताए ।
सबै भन्दा बढी ७ हजार ९ सय ७४ मतदाता रहेको सदरमुकाम गमभेगमा अन्य १२ दलका उम्मेदवार छन ति दलहरु मध्य यो भेगमा अखण्ड नेपाल पाटी शसक्त्त देखिएको छ । अखण्ड छोडेर अन्य दलहरुले यो भेगका एक हजार जती मत काट्ने अाँकलन गरिन्छ । अखण्ड नेपालका उम्मेदवार दर्ज बहादुर भाम २०५२ सालको स्थानीय निर्वाचनमा एमालेबाट जिल्ला विकास समिती उप सभापतीमा निर्वाचित भएका थिए । भामले यो भेगमा कसको मत बढी काट्छन त्यसैले तिन दल को हारजितमा प्रभाव पार्ने देखिन्छ ।
सबै भन्दा कम २ हजार ७ सय ४१ मतदाता रहेको करान भेगमा प्रत्यक्ष तर्फ कुनेै दलले आफना उम्मेदवार उक्त भेगबाट उठाएका छैनन । समानुपातीकबाट काँगे्रसले २०४९ सालमा काँगे्रसबाट जिल्ला विकास समितीको उप सभापती जितेका छिरिङ्ग क्याप्ने लामा र एमाओवादीले हिमग्याप टासी लामालाई उम्मेदवार बनाएका छन । यी दुबै करान भेगका स्थायी बासिन्दा हुन ।
यो चुनावमा प्रमुख तिनै पाटीका उम्मेदवार नयाँ अनुहार भएकाले कसले चुनावी बाजी र्माछ भन्न गा्रहो छ ।
काँग्रेसले २० ४८ र २०५१को बिजयलाई पछ्याउने तिर लागेको छ भने एमालेले भने २०५६ को बिजयलाई अहिले पनि दोहो¥याउने दाउमा छ ।



0 comments
बिचार लेख्नुहोस्..