भलिबल प्रतियोगिता सम्पन्न
मुगु न्युज डट कम
मुगु १७ कार्तिक
कार्तिक पन्ध्र गते देखि सदरमुकाम गमगढीमा सञ्चालन भएको जिल्ला स्तरिय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता आईतवार सम्पन्न भएको छ ।
आईतवार सम्पन्न भएको प्रतियोगितामा पुरुष तर्फ शितल बजार युवा क्लब प्रथम, पिना युवा क्लब दोस्रो र ए वान स्पोर्ट क्लब तेस्रो भएका छन । महिला तर्फको प्रतियोगितामा महाकाली उच्च मावि प्रथम , रारा बोर्डिगं तेस्रो र रोवा गाविस तेस्रो भएका छन ।
कर्णाली महिला विकास मञ्च र अन्तरपाटी महिला सञ्जाल मुगुको आयोजनामा भएको प्रतियोगिताका विजेताहरुलाई आईतवार नै नगद तथा प्रमाण पत्र वितरण गरिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..