जिल्ला प्रशासन कार्यालयद्धारा टोल फ्रि नम्बर व्यवस्था


मुगु न्युज डट कम,
कार्तिक २९ मुगु ------------
 आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनलाई लक्ष्यीत गर्दै जिल्ला प्रशासन कार्यालय मुगुले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
 नागरिकले सहज रुपमा सुचना, जानकारी तथा अन्य गुनासा सहज रुपमा लिन दिन सकोस भनेर फोन गर्ने व्यक्तिले पैसा तिर्न नपर्ने गरि नेपाल टेलिकमबाट टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए ।
 विहिबारबाट स्थापना गरिएको १६६०८७४६०० नम्बरमा जो कोहिले फोन गरि गुनासा राख्नुका साथै अन्य जानकारी लिन दिन सक्ने छन । विशेष गरेर यो बेला चुनावी माहौल तातेकाले चुनावी गतिविधी सम्बन्धि जानकारी , सुचना छिटो प्राप्त गर्न पैसा नलाग्ने निशुल्क फोन सेवा सुचारु गरिएको प्रशासनले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..