एमाले र माओवादीद्धारा एमाओवादीका कार्यकर्ता घाईते
डिवि वुढा
जुम्ला, मंसिर १ ------------------
एमाले र नेकपा माओवादीको कुटाईवाट एनेकपा माओवादीका कार्यकर्ता घाईते भएका छन् । गज्र्यांकोट गाविस वडा नं १ र २ गज्यांकोटगाउँमा एमाले र नेकपा माओवादीका कार्यकर्ता मिलेर एमाओवादीका स्थानिय कार्यकर्ता २४ वर्षीय विष्णवहादुर वुढा घाईते भएका हुन् ।
घाईतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घाईते वुढाको अनुहारमा चोटपटक लागेको छ । कार्तिक २९ गते राति करिव १० वजे तिर प्रचार प्रसारको क्रममा कुटपिट गरेका थिए ।
एनेकपा माओवादीले कुटपिट गरेको आरोप लगाउदै एमाले कार्यकर्ता धर्मराज रावल, टंक गिरि, लोक वुढा र मुकुन्द वुढाको नामा मंसिर १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईएको प्रहरीले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..