गैससका कर्मचारीद्धारा मतदातन गर्न पाउनु पर्ने माग
मुगु न्युज डट कम,
कार्तिक २९ मुगु------------
विकासका लागि स्वतन्त्र मञ्च मुगुले जिल्लामा क्रियाशील विभिन्न गैर सरकारी संघ संस्थामा काम गर्ने कर्मचारीहरुले समानुपातिक निर्वाचनमा मतदान गर्न पाउनु पर्ने माग गरेका छन ।
शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका मञ्चका पदाधिकारीहरुले जिल्लामा गैर सरकारी संघ संस्थामा काम गर्ने कर्मचारी पनि नेपाली नागरिक भएकाले संविधान सभाको निर्वाचनमा सुरक्षा कर्मि निजामति कर्मचारीहरुले जस्तै संघ संस्थामा काम गर्ने कर्मचारीले पनि समानुपातिक निर्वाचनमा सहभागि हुन पाउनु पर्ने माग गरेका छन ।
जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरुमा एक सय विस जना भन्दा बढि बाहिर जिल्लाका कर्मचारी रहे पनि राज्यले मतदान गर्न पाउने मतदाताको अधिकार हनन गरेको मञ्चका अध्यक्ष हाँसा कुमारी मल्लले बताईन । सरकारी कर्मचारीहरु सरह गैर सरकारी संघ संस्थाका कर्मचारीले पनि समाज विकास तथा नागरिकलाई सेवा प्रवाह गरिरहेका भए पनि राज्यले निर्वाचनमा मतदान गर्न नपाउने व्यवस्था गरेर दोस्रो दर्जाको नागरिक बनाउन खोजेको उनिहरुको आरोप छ ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले गैर सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले राखेका मागका विषयमा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन सम्बन्धित सरोकारवालाहरुको बैठक बसेर विकल्प खोजिने बताए । मञ्चले राखेको गैर सरकारी क्षेत्रमा काम गर्ने बाहिर जिल्लाका कर्मचारीहरुले मतदान गर्न पाउनु पर्ने माग जायझ भए पनि ढिलो भएको शर्माको भनाई छ ।
जिल्लामा दर्जन बढि गैर सरकारी संघ संस्था क्रियाशील रहेका छन भने ति संस्थाहरुमा जिल्ला बाहिरका कर्मचारीहरुको बाहुल्यता छ ।
0 comments
बिचार लेख्नुहोस्..