कागे्रस प्रचार टोली माथी माओवादीको अक्रमण


डिवी वुढा,
जुम्ला कात्तिक २७--------------
जिल्लाको सिजा क्षेत्रमा चुनाव वहिस्कार गर्दै आएको नेकपा माओवादीले प्रचार प्रसारमा हिडेका काग्रेस कार्यकर्ता माथी आक्रमण गरेका छन । धापा गाविस वडा नम्वर ६ डिग्रा गाँउमा  प्रचार प्रसारमा गईरहेको समयमा माओवादी कार्यकताले वन्दको समयमा चुनाव प्रचार प्रसारको काम वन्द गर्नु पर्छ तरुण दलका सदस्य विनोद खत्रीलाई खुकुरी प्रहार गरेको जिल्ला सभापति मानव सेजुवालले जानकारी दिए । घाईते खत्रीमाथी छुरी प्रहार गर्ने माओवादी कार्यकर्ताको नाममा  ईलाका प्रहरी चौकी कुडारीमा उजुरी दिएपछि उपचारका लागि सदरमुकाम ल्याउने तयारी भईरहेको सभापति सेजुवालले जानकारी दिए । उनका अनुसार वैद्य पक्षिय माओवादी कार्यकर्ताले प्रचार टोलीको माईक खोसेर फुटालेका थिए । प्रचार प्रसारमा प्रयोग भईरहेको माईक फुटालेपछि नेपाली काग्रेसका कार्यकताले प्रतिकार गर्न जनशक्ति जम्मा गरेपनि वम पड्काउने धम्की दिएपछि त्यत्तिकै फिर्ता भएका थिए । नेपाली काग्रेस जुम्लाले नेकपा माओवादीका कार्यकर्ताले प्रचार प्रसारमा गएको टोलिलाई आक्रमण गरी घाईते वनाएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..